शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामसङको पहिलो फोल्डेबल स्मार्टफोन लञ्च, ७.४ इन्चको ट्याबलेटमा बदलिन्छ, मूल्य दुई लाख बढी

बिहीबार, ०९ फागुन २०७५, १२ : ५७
बिहीबार, ०९ फागुन २०७५

सामसङले बुधबार आफ्नो पहिलो फोल्डेबल र फाइभजी स्मार्टफोन ग्यालेक्सी फोल्ड लञ्च गरेको छ । पछिल्लो थुप्रै महिनादेखि यसको चर्चा भइरहेको थियो । ४.६ इन्चको फोल्डेबल स्मार्टफोन खोलिएपछि ७.४ इन्चको ट्याबलेटमा परिवर्तन हुन्छ । यसको मूल्य १ हजार ९ सय ८० डलर अर्थात् लगभग दुई लाख २५ हजार रुपैयाँ हो ।

ग्यालेक्सी फोल्ड चार रंगमा पाइन्छः

ग्यालेक्सी फोल्डमा ६ वटा क्यामरा – एउटा फ्रन्ट, तीनवटा ब्याक र दुई भित्रीतर्फ छ । तीनवटा रियर क्यामरामध्ये एउटा १६ मेगापिक्सल र दुई १२ मेगापिक्सलका छन् । भित्रका दुई क्यामरा १० र ८ मेगापिक्सल र फ्रन्ट क्यामरा १० मेगापिक्सलको छ ।

सामसङको फोल्डेबल फोन एन्ड्रोइड ९.० भर्सनमा चल्नेछ । यो दुई भेरियन्ट 4G LTE    र 5G मा उपलब्ध हुन्छ । यो फोन चार रंग – कालो, सिल्भर, हरियो र निलोमा उपलब्ध छ ।

फोल्डेबल फोनमा दुई ब्याट्रि छन् । यसको कूल क्षमता 4,380mAh   हो । फोनमा १२ जीबी –याम र ५१२ जिबी इनबिल्ट स्टोरेज पाइन्छ । यसलाई बढाउनका लागि कुनै विकल्प उपलब्ध छैन ।

ग्यालेक्सी फोल्ड एकैपटक तीनवटा एपलाई सपोर्ट गर्छ । प्रयोगकर्ताले नेटफ्लिक्समा फिल्म हेर्दै गुगलको प्रयोग पनि गर्न सक्छन् । साथै, टेक्स्ट मेसेजको जवाफ पनि दिन सक्छन् ।

सामसङले निकै अघिदेखि फोल्डेबल फोनमा काम गरिरहेको थियो । कम्पनीले गत वर्ष नोेभेम्बरमा पहिलो पटक यसको स्क्रिनको झलक देखाएको थियो । त्यसपछि गुगलले उसको एन्ड्रोइड सफ्टवेयरले फोल्डिङ डिस्प्ले सपोर्ट गर्ने बताएको थियो ।

ग्यालेक्सी एस१० को पनि तीन मोडल लञ्चः

सामसङले ग्यालेक्सी एस१० सिरिजका तीन मोडल ग्यालेक्सी एस१०ई, एस१० प्लस र एस१० लञ्च गरेको छ । एस१० को फाइभजी भेरियन्ट पनि लञ्च गरेको छ ।

ग्यालेक्सी एस१० ईमा ५.८ इन्चको डिस्प्लेको साथमा स्न्यापड्र्यागन ८५५ प्रोसेसर दिइएको छ । यसको रियरमा १६+१२ मेगापिक्सलको ड्युअल क्यामरा र फ्रन्टमा १० मेगापिक्सलको क्यामरा छ । यसमा 3100mAh  को ब्याट्रि छ । यसको ६ जीबी –याम, १२८ जीबी स्टोरेज र ८ जीबी –याम, २५६ जीबी स्टोरेजका साथै दुई मोडल लञ्च गरिएको छ । यसको सुरुवाती मोडलको मूल्य ७५० डलर अर्थात् ८५ हजार रुपैयाँ छ ।

ग्यालेक्सी एस१० मा ६.१ इन्चको डिस्प्ले र स्न्यापड्र्यागन ८५५ प्रोसेसर छ । यसको रियरमा १६+१२+१२ मेगापिक्सलको ट्रिपल क्यामरा र १० मेगापिक्सलको फ्रन्ट क्यामरा छ । यसमा 3400mAh को ब्याट्रि दिइएको छ । यसलाई १२८ जीबी र ५१२ जीबी स्टोरेजको साथमा दुई मोडलमा उतारिएको छ र दुबैमा ८ जीबीको –याम पाइन्छ । यसको सुरुवाती मोडलको मूल्य ९ सय डलर अर्थात् एक लाख बढी छ ।

ग्यालेक्सी एस१० प्लस प्रिमियम मोडल हो जसमा ६.४ इन्चको डिस्प्ले र स्न्यापड्र्यागन ८५५ प्रोसेसर छ । यसमा पनि रियरमा १६+१२+१२ मेगापिक्सलको क्यामरा र फ्रन्टमा १०+८ मेगापिक्सलको ड्युल क्यामरा छ । यसलाई ८ जीबी –याम, ५१२ जीबी स्टोरेज र १२ जीबी –याम, १ टीबी स्टोरेजसहित दुई मोडलमा पनि उतारिएको छ जसको सुरुवाती मूल्य लगभग एक लाख १४ हजार रुपैयाँ छ । यसमा 4100mAh   को ब्याट्रि दिइएको छ । यी तीनै मोडलको स्टोरेजलाई ५१२ जीबीसम्म बढाउन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप