बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सलमान खानको फिल्म ‘हम आपके है कौन’का प्रोड्युसर राजकुमारको निधन

बिहीबार, ०९ फागुन २०७५, १२ : २६
बिहीबार, ०९ फागुन २०७५

एजेन्सी – बलिउडका फिल्म प्रोड्युसर राजकुमार बन्डजात्याको निधन भएको छ । उनको बिहिबार विहान मुम्बईस्थित श्री.एच.एन फाउन्डेशन हस्पिटलमा निधन भएको हो ।

फिल्म समिक्षक अक्षय राठीले उनको निधन भएको जानकारी दिएका हुन् । तर उनको निधन के कारणले भएको हो त्यो भने खुलाइएको छैन । राठीले ट्विट गर्दै उनको निधनले अत्यन्तै दुखी बनाएको उल्लेख गरेको छन् । 

त्यसैगरी अर्का समिक्षक तरण आदर्शले पनि ट्विट गर्दै राजकुमारको निधनले निकै दुखी बनाएको बताएका छन् । उनले लेखेका छन्, ‘हामी उनलाई मायाले राज बाबु भनेर बोलाउँने गथ्र्यौ । उनी निकै मिठो बोल्ने व्यक्ति थिए ।’

राजकुमारले ‘हम आपके है कौन’, ‘हम साथ–साथ है’ र ‘विवाह’ जस्ता ब्लकबस्टर फिल्म प्रोड्युस गरेका थिए । त्यसैगरी पछिलल्लो समय ‘प्रेम रतन धन पायो’को प्रोड्युस गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप