शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीमतीबाट छुटकारा पाउन चाहन्थेः पाकिस्तानी युवकले भारतीय सीमामा धकेले, गोली हानियो

बिहीबार, ०९ फागुन २०७५, १२ : १२
बिहीबार, ०९ फागुन २०७५

पुलवामा आतंककारी हमलापछि भारत–पाकिस्तानबीचको चिसिएको सम्बन्धको मानिसहरुले फाइदा उठाइरहेको देखिन्छ । एक पाकिस्तानी युवक आफ्नी श्रीमतीबाट छुटकारा पाउन चाहन्थे त्यसकारण उनले पाकिस्तानी सैनिकसँग मिलेर श्रीमतीलाई जबर्जस्ती सीमा पार गराए ।

बुधबार बेलुका जब महिलाले सीमा पार गरिन् तब बीएसएफले उनलाई रोकिन भने । महिलाले नमानेपछि गोली हानियो जसका कारण उनी घाइते भइन् । उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

श्रीमानले पाकिस्तान जवानसँग मिलेर रचे षड्यन्त्रः

भारतीय मिडियाका अनुसार घाइते गुलशन (३२) ले आफू पाकिस्तानी आर्मी क्याम्पबाट आएको बताइन् । उनी पाकिस्तानी गाउँ ताजपुराकी हुन् । श्रीमान् उनीबाट छुटकारा पाउन चाहन्थे । घरमा दैनिक झगडा हुन्थ्यो । उनले पुलिससँगको कुराकानीमा भनिन्, ‘श्रीमान्ले पाकिस्तानी आर्मीका केही जवानसँगको मिलेमतोमा मलाई जबर्जस्ती भारतीय सीमामा धकेले । अँध्यारो भएका कारण मलाई थाहा भएन । श्रीमानले मलाई तीन दिनअघि नै पाकिस्तानी जवान भएठाउँ छोडिदिएका थिए ।

जासुसीको एंगलले पनि अनुसन्धानः

यस्तै, गुप्तचर एजेन्सी महिलालाई जासुसीका लागि पठाइएको हो कि भनेर पनि अनुसन्धान गरिरहेको छ । डिआइजी राजेश शर्माका अनुसार महिलाको मानसिक सन्तुलन ठिक छ । एउटा फुटेको मोबाइल पनि भेटियो । उपचारपछि डेरा बाबा नानक पुलिसले महिलालाई सोधपुछ गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप