बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्त हलियाको पुनस्र्थापना रकम हलियालाई भुलाउँदै कर्मचारी मिलेमतोमा बाँडीचुँडी

सोमबार, १६ साउन २०७४, २१ : ५८
सोमबार, १६ साउन २०७४

करन ताम्राकार 
मुक्त हलियाको नाममा पुनस्थापना गरि दिने भन्दै मुक्त हलियाबाट लिएको रकम अझै फिर्ता नगरेको जिल्ला मालपोत कार्यालय डडेल्धुराले जनाएको छ ।
भागेश्वर गाउँपालिका वडा नं. १ का मुक्त हलिया तारा पार्कीले नयाँ  घर निर्माण बाफतको कमिसन ८० हजार खाएको र आफुले नपाएको गुनासो गरेकी छिन् । उनले जिल्ला हलिया मुक्ती समाज डडेल्धुराका अध्यक्ष तुलाराम सार्कीलाई उक्त कुरा बताएकी हुन् । 
डडेल्धुरामा पुनस्थापना प्याकेज अनुसार नै घर मर्मत तथा नयाँ घर निर्माण भईरहेको तथ्याङ्क भन्दा पनि २५ प्रतिशत मुक्त हलियाले घर निर्माण तथा मर्मत नगरिक नै रकम लिएको समेत पाइएको छ ।
त्यस्तै,  हलियाको नाममा काम गरिदिने आश्वासन दिने रकमको ५० प्रतिशत रकम लिई हलियालाई कर्मचारीदेखि हलिया अधिकारकर्मी नै मिलोमतो गरिरहेको मुक्त हलियाहरुको आरोप छ ।
तर हलियाका घर निर्माण गर्दा कर्मचारी र सवैलाई मिलाउँनु पर्छ भनि भागेश्वर गाउँपालिकाका ३ का जगने सार्कीबाट ९० हजार र भागेश्वर गाउँपालिका १ का तरा पार्कीबाट ७० हजार भागेश्वरकै पुष्प कोलीले मुक्त हलिया समाज डडेल्धुराका अध्यक्षलाई मिलाउनु पर्छ भनि रकम लिएकोे हलिया मुक्ति समाज डडेल्धुरा अध्यक्ष सार्कीले बताए । 
 तर पीडीतले जिल्ला मालपोत कार्यालयमा जानकारी गराएछि कमिसन लिने कोलीले ५ दिन भित्र हलियाको खातामा पैसा जम्मा गरिने भनेपनि हालसम्म नबुझाएको जिल्ला मालपोत कार्यालय डडेल्धुराका प्रमुख तथा हलिया पुनस्र्थापना समिति डडेल्धुराका सदस्य सचिव प्रेम बहादुर माँझीले बताए ।

घर नबानई रकम लिने हलिया अनुगमन पछि घर निर्माण गर्दै
गत आर्थिक बर्ष २०७३÷०७४ मा पुनस्थापना कार्याकममा परि घरै निर्माण नगरि रकम लिने मुक्त जिल्ला हलिया मुक्त समाज र मालपोतका संयुक्त अनुगमनमा पाइएको छ ।
रकम लिई घर निर्माण नगर्ने अजयमेरु गाउँपालिका २ जिजोडाका टिका सुनार र धनुवा सार्की पुनःस्थापना रकमबाट १ लाख रुपैया लिए पनि उनले घर मर्मत नगरेको अनुगमनमा पाइएको हो । 

मुक्त हलियाको पुनस्थापना कार्यक्रमको रकम दुरुपयोग गर्ने तथा कमिसन खाने कर्मचारीलाई कारर्वाही गरिएको र डोटी जिल्लामा भएको पुनस्थापना कार्यक्रममा हलिया मुक्त समाज डोटीका अध्यक्ष भीम सार्कीलाई महासंघले कारवार्ही गरेको मुक्त हलिया समाज महासंघ केन्द्रबाट पाउँने कुनै पनि कार्यक्रममा सहभागि नगराउने निर्णय गरेको राष्टिय मुक्त हलिया समाज महासंघ केन्द्रीय अध्यक्ष राजुराम भुलले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप