बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य घट्यो, तोलामा ६३ हजार १०० मा कारोबार

बिहीबार, ०९ फागुन २०७५, ११ : ४४
बिहीबार, ०९ फागुन २०७५

काठमाडौं– नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ तोलमा रु २०० ले घटेको छ । 

बुधबार तोलमा ६३ हजार ३०० मा कारोबार भएको सुनको भाउ बिहीबार घटेर ६३ हजार १०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार तेजावी सुन आज ६२ हजार ८०० मा कारोबार भएको छ । आज चाँदी भने तोलमा ७८५ मा कारोबार भइरहेको छ ।

यसअघि बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप