बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साल्केमाथि सिटीको रोचक जित

बिहीबार, ०९ फागुन २०७५, ११ : २२
बिहीबार, ०९ फागुन २०७५

एजेन्सी –इङ्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको राउन्ड अफ १६ को पहिलो लेगमा जर्मन क्लब साल्केलाई ३–२ गोलले हराएको छ । 

साल्केको घरेलु मैदानमा बुधबार राति भएको रोचक खेलमा सिटी अन्तिम २० मिनेट १० खेलाडीमा समेटिएको थियो । तर पनि सिटीले अन्मिमा दुई गोल थपेको थियो । 

१८औं मिनेटमा सर्जियो एग्युरोले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३८औं मिनेटमा घरेलु टोली साल्केका लागि नाबिल बेन्टालेबले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । पहिलो हाफको अन्तिम मिनेटमा साल्केले फेरी अग्रता लियो । पेनाल्टीमै बेन्टालेबले अर्को गोल गर्दै साल्केको अग्रता दोब्बर बनाए । 

६८औं मिनेटमा दोहोरो पहेँलो (रातो) कार्ड पाएपछि सिटीका रक्षक निकोलस ओटामेन्डी बाहिरिएका थिए । त्यसपछि सिटीको लेरोय सानेले ८५औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

खेलको अन्तिम मिनेटमा रहिम स्टरलिङ उत्कृष्ट गोल गर्दै सिटीको जित सुनिश्चित पारेका थिए । दोस्रो लेग सिटीको मैदानमा आगामी मार्च १३ तारिख हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप