बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानलाई २० अर्ब डलर सहयोग गरेबापत साउदी अरबले के पाउँछ ?

बिहीबार, ०९ फागुन २०७५, ११ : ०५
बिहीबार, ०९ फागुन २०७५

साउदीका बागी पत्रकार जमाल खग्गोसीको गत वर्ष अक्टोबरमा टर्कीमा हत्या भएपछि साउदी अरबका युवराज मोहम्मद बिन–सलमान संसारबाट अलग्गिएका थिए ।

सिआइएले खग्गोसीको हत्या युवराजको आदेशमा भएको बताएका थियो । खग्गोसीको हत्याको विषयमा विभिन्न व्यक्तित्वले रियादमा इन्भेस्टमेन्ट समिट बहिष्कार गरेका थिए ।

नोभेम्बरमा सलमान ट्युनिशिया जाँदा उनले विरोधको सामना गर्नुपरेको थियो । सलमान जब मोरोक्को पुगे तब किंग मोहम्मद ख्क्ष् ले पनि उनलाई भेट्न अस्विकार गरेका थिए ।

छायो पाकिस्तानः

फेब्रुअरी १७ मा जब युवराज पाकिस्तान पुगे तब खासोग्गीको हत्याको छायाँ कतै पनि देखिएन । पाकिस्तानले युवराजलाई आफ्नो सर्वोच्च नागरिकको रुपमा सम्मान दियो ।

सलमान जब गत हप्ता आइतबार राती पाकिस्तान पुगे तब पाकिस्तानले सोमबार युवराजको सम्मानमा सार्वजनिक छुट्टीको घोषणा ग–यो ।

आइतबार राती पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सलमानको उपस्थितीमा भने, ‘साउदी अरब पाकिस्तानका दुःखको साथी हो त्यसकारण हाम्रो लागि यो सम्बन्ध निकै महत्वपूर्ण छ ।’

युवराजले पाकिस्तानमा पेट्रोकेमिकल्स, ऊर्जा र उत्खनन परियोजनामा २० अर्ब डलरको लगानी घोषणा गरे ।  यसबाहेक सलमानले साउदीको जेलमा कैद दुई हजार पाकिस्तानी नागरिककको तत्काल रिहाईको घोषणा गरे ।

प्रधानमन्त्री खानले युवराजले यस्तो गरेर पाकिस्तानीहरुको मन जितेको बताए । इमरान खानले प्रोटोकोल तोडेर आफैंले गाडी चलाएर युवराजलाई आफ्नो निवाससम्म लिएर गए ।

युवराजको पाकिस्तान भ्रमणमा जस्तो स्वागत भयो त्यो कुनै पनि अन्तर्राष्ट्रिय स्टेट्सम्यानभन्दा पनि उत्कृष्ट थियो । पाकिस्तानपछि सलमान भारत पुगे र त्यहाँ पनि प्रधानमन्त्री नरेन्द्र मोदी स्वागतका लागि एयरपोर्ट पुगे । विमानबाट उत्रिएलगत्तै मोदीले अँगालो हाले ।

भारत भ्रमणपछि सलमान चीन भ्रमणमा हुनेछन् । खग्गोशीको विषयमा न त पाकिस्तानले एक शब्द बोल्यो न नै भारतले । थुप्रै मानिसहरुले साउदी अरबको पाकिस्तानमा लगानीको घोषणा आफ्नो छवि सुधार्ने कदमको रुपमा हेरेका छन् ।

पाकिस्तानलाई साउदी अरबबाट पैसा किन चाहिन्छ ?

साउदी अरबबाट पाकिस्तानले पाउने आर्थिक मद्दतको समृद्ध इतिहास छ । पाकिस्तानले साउदीबाट पर्याप्त रकम पाइरहेको छ । पाकिस्तानले सन् १९९८ मा परमाणु परीक्षण गर्दा साउदी अरबले नै संसारको आर्थिक प्रतिबन्धको असरबाट जोगायो ।

सन् २०१४ मा पाकिस्तानी मुद्रा जब नराम्रोसँग खस्कियो तब साउदीले इस्लामाबादलाई डेढ अर्ब डलरको मद्दत गर्यो ।

पाकिस्तान समस्याले घेरिएका बेला सलमानले आफ्नो भ्रमणको मौका पारेर  लगानीको घोषणा गर्यो । पाकिस्तान आर्थिक संकटमा फसेको छ । पाकिस्तानसँग विदेशी मुद्रा भण्डार यति कम भएको छ कि पाकिस्तान तेलको आयात बिल भुक्तानी गर्नसमेत सक्षम छैन ।

पाकिस्तानसँग विदेशी मुद्रा आठ अर्ब डलरमात्र बचेको छ । गत वर्ष अगस्ट महिनामा जब इमरान खानले प्रधानमन्त्री पदको शपथ लिए तबदेखि उनी आफूलाई ‘डिफल्टर’ हुनबाट बचाउने कोसिस गरिरहेका छन् ।

इमरान खानले पहिलो विदेश भ्रमणका लागि साउदी अरब छाने । गत वर्ष अक्टोबरमा खान साउदी जाँदा उसले पाकिस्तानलाई आर्थिक मद्दत प्रदान गर्यो ।

पाकिस्तानले यो मद्दत त्यतिबेला पायो जब पाकिस्तानको केन्द्रीय बैंकको जम्मा राशी गत वर्षको तुलनामा ४० प्रतिशतको गिरावट आएको थियो ।

पाकिस्तान अहिले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट मद्दत लिने कोसिस गरिरहेको छ । सन् १९८० को दशकपछि पाकिस्तान आइएमएफको शरणमा १३ पटक गइसकेको छ ।

साउदी अरबले यसबाट के पाउँछ ?

साउदी अरबबारे ऐतिहासिक रुपमा यो भन्न सकिन्छ कि उसले मन र मस्तिष्क जित्नका लागि खर्च गर्न कुनै कसर छोडेको छैन ।

तर साउदी अहिले आफै आर्थिक समस्यासँग जुधिरहेको छ । साउदी अरबले अब आफ्नो अर्थव्यवस्थाको निर्भरता तेलबाट कम गर्नुपर्ने आवश्यकता निकै गहिरोसँग बुझेको छ ।

लण्डनको किंग्स कलेजमा मध्य–पूर्व सुरक्षा मामलाका विशेषज्ञ एन्ड्रिज क्रेइगले टाइम म्यागजिनसँग भने, ‘साउदी ८० र ९० को दशकमा खुलेर पैसा खर्च गर्ने स्थितीमा थियो । तर आज साउदी त्यो अवस्थामा छैन । युवराज सलमानको नेतृत्वमा त झन् छैन । २० अर्ब डलरको बचन साउदीले पाकिस्तानलाई रुचाउने भएकाले मात्र गरेको होइन । साउदी यो लगानीले भविष्यमा कमाउन पनि चाहन्छ ।’

आठ अर्ब डलर ग्वादर पोर्ट तेल रिफाइनरी संयन्त्र बनाउनका लागि लगानी गरिँदैछ । यसलाई चीन पाकिस्तान आर्थिक केन्द्रको सबैभन्दा विशेष मानिएको छ ।

यसमा संयुक्त अरब इमिरेट्ले पनि लगानी गरेको छ । चीनले वान बेल्ट वान रोडको चीन पाकिस्तान इकोनोमिक करिडोरमा ६२ अर्ब डलरको लगानी गरेको छ । साउदी अरबले पाकिस्तानमा तेल निर्यात बजार स्थापित गर्न चाहन्छ ।

साउदीको पैसाबाट इलाकाको राजनीति र भुगोलमा कस्तो असर पर्नेछ ?

इमरान खानले २० अर्ब डलरको लगानीको स्वागत गरेका छन् । यद्यपी, केही विशेषज्ञ यसलाई जोखिमको रुपमा हेरिरहेका छन् ।

ग्वादर पोर्ट पाकिस्तानको बलूचिस्तानमा छ र यो इरानको प्रान्त सिस्तान र बलूचिस्तानसँग जोडिएको छ । फेब्रुअरी १३ मा सुन्नी चरमपन्थीले इरानका रिभोलुशनरी गार्डको २७ जवानको ज्यान लिएको जिम्मेवारी लिएका थिए ।

इरानले यो हमलाका लागि पाकिस्तानलाई जिम्मेवार ठहराएको थियो । यसका साथै इरानले साउदी अरबलाई पनि सुन्नी चरमपन्थीको समूहलाई बहुसंख्यक शिया जनसंख्याविरुद्ध भड्काइरहेको आरोप लगाएको थियो ।

पाकिस्तानका लागि साउदी र इरानमध्ये कुनै एकलाई छान्नु त्यति सजिलो हुनेछैन ।

साउदी अरबको पाकिस्तानमा लगानीका कारण यसको भारतसँगको सम्बन्धमा तिक्तता बढ्नेछ । भारत प्रशासित काश्मिरको पुलवामा जिल्लामा एक चरमपन्थी हमलामा भारतीय सुरक्षा बलका ४० बढी जवान मारिएपछि दुई परमाणु शक्ति सम्पन्न देशबीच तनाव निकै बढेको छ ।

बीबीसी हिन्दीबाट


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप