बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साङ्गठनिक एकता प्रक्रिया टुङ्ग्याउन बालुवाटरमा नेकपाको बैठक

बिहीबार, ०९ फागुन २०७५, १० : ५१
बिहीबार, ०९ फागुन २०७५

काठमाडौंँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीको सांगठनिक एकीकरणको प्रस्ताव तयार गर्न गठित कार्यदलका सदस्यहरुसँग सामूहिक छलफल भइरहेको बताइएको छ ।

यसअघि सोमबार बसेको सचिवालय बैठकले कार्यदलले बुझाएको ‘अधुरो’ प्रतिवेदनमा सामान्य छलफल भएको थियो । 

पार्टी एकीकरणमा ढिलाई भएपछि त्यसको आलोचना बढ्दै गएको छ । आजको बैठकमा एकीकरणको प्रक्रियालाई कसरी टुंगो लगाउने भन्ने बारेमा निर्णय गरिने नेकपाले जनाएको छ ।

नेकपाले गत पुस १३ गते एकीकरण टुङग्याउन ९ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलको संयोजकमा गृहमन्त्री रामबहादुर थापा बादल थिए भने महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य रहेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप