स्थानीय तह जिताउनेलाई गच्छदारद्धारा यस्तो पुरस्कारको घोषणा

person explore access_timeसाउन १६, २०७४ chat_bubble_outline0

काठमाडौ – नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आ–आफ्नो जिल्लाबाट स्थानीय तहमा उम्मेदवार जिताएर ल्याउनेलाई पुरस्कार दिने घोषणा गरेका छन् ।
लोकतान्त्रिक फोरम आठौ वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सोमवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गच्छदारले सो घोषणा गरेका हुन् । यद्यपी उपहार के दिने त्यसको घोषणा गरेनन् ।
असोज २ गते हुन गइरहेका तेस्रो चरणको स्थानीय तहको चुनावमा प्रत्येक नेताले आआफ्नो जिल्लाका नगरपालिकाको मेयर, नभए उपमेयर, त्यो पनि नभए गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष नभए वडा अध्यक्ष अथवा सदस्य जसरी पनि जिताउनु पर्ने निर्देशन दिँदै उनले जिताएर ल्याउनेलाई उचित पुरस्कार दिने घोषणा गरेका हुन् ।
कार्यक्रममा उपस्थित नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, तपाईहरु कुनै न कुनै जिल्लाका अवश्य हुनुहुन्छ, त्यसो भए पक्कै पनि कुनै गाउँको वा नगरपालिका वा वाडाको मतदाता हुनुहुन्छ होला, त्यसैले तपाईको कर्तव्य हो एकजनालाई जसरी पनि जिताउने ।’

उनले पुरस्कार दिनुको साथै ती नेतालाई पार्टीले उच्च मूल्यांकन गर्दै प्रदेश तथा केन्द्रको चुनावमा त्यस्ता व्यक्तिलाई टिकटको प्राथमिकतामा पनि राख्ने घोषणा गरे ।

फोरम नेपाल र राजपा नेपाललाई सत्तोसराप

मन्त्री गच्छदारले उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल र महन्थ ठाकुर संयोजक रहेको राजपा नेपाल घुमीफिरी आफ्नै बाटोमा आएको टिप्पणी गरे । सविधान पुनर्लेखन तथा खारेजको अवाज उठाउने उपेन्द्र यादव चुनावमा भाग लिएको टिप्पणी गर्दै मन्त्री गच्छदारले मधेशवादी दलको बिल्लीबाँठ भएको टिप्पणी समेत गरे ।
सविधान संशोधन गर्नुपर्छ, खारेज गर्नुपर्छ भन्ने उपेन्द्र यादवका अडान अहिले कहाँ गयो ? उनले उपेन्द्रजी सविधानको विपक्षमा कडा अभिव्यक्ति दिनुभएको थियो तर अहिले सबै अभिव्यक्ति उहाँको हराएको छ, पहिलो चरण र दोस्रो चरणको चुनावमा भाग लिनुभएको छ । अब तेस्रो चरणको चुनावमा पनि भाग लिनुहुन्छ ।’

आफू सविधान निर्माणमा सहभागी भएको बेला मधेशी मोर्चाका नेताहरुलाई गद्दार भनेको स्मरण गर्दै उनले अहिले उनीहरु आफूले रोजेको बाटोमा आएको दावी गरे । उनले भने, म ठिक थिए त्यो कुरा अहिले आएर प्रमाणित भएको छ ।’
अहिले राजपा नेपालको हालत पनि उस्तै छ, सविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने भनिरहेको छ तर बाध्य भएर उनीहरु पनि चुनावमा भाग लिने विश्वास व्यक्त गरे । 

उनले भने, अब राजपा नेपालले सहिदका छोराछोरी, आमा बुवालाई के जवाफ दिन्छ, उपेन्द्रजी चुनावमा आउनु भयो, राजपा नेपाल पनि चुनाव आउँछ त्यसपछिको अवस्था के हुन्छ ? हामी जहाँ उभिएका थियौं त्यहाँ अहिले राजपा नेपाल उभेको छ ।’
देशकै तेस्रो पार्टी बन्ने सुत्र
उनले राजपा नेपाल र फोरम नेपालको जस्तोसुकै आलोचना गरेपनि चुनावमा कार्यगत एकता गर्ने प्रस्ताव गरेका छन् ।
स्थानीय तहको चुनावमा राजपा नेपाल, फोरम नेपाल र लोकतान्त्रिक फोरम मिलेर चुनाव लड्यो भने मधेशमा पहिलो पार्टी हुने र देशमा तेस्रो पार्टीको रुपमा स्थापित हुने विश्वास पनि उनले व्यक्त गरे । उनले भने, उनीहरुले यो कुरालाई कतिको बुझेका छन् मलाई थाहा छैन, तर, यी तीन दलबीच तालमेल होस् भनि म आफंै प्रस्ताव गर्छु ।’
त्यसैगरि, उनले प्रदेश तथा केन्द्रको चुनावमा आफ्नो पार्टीले यस्तो मत ल्याउने छ जसले गर्दा आफ्नो पार्टीबाहेक कसैको सरकार नबन्ने दावी गरे । अगामी दिनमा लोकतान्त्रिक फोरम निर्णायक शक्तिका रुपमा आउने बताउँदै उनले आफ्नो पार्टी जोसँग सहकार्य गर्छ त्यही पार्टी एक नम्बरको पार्टी हुने दावी गरे । 

उनले भने, काँग्रेससँग तालमेल गर्दा काँग्रेस एक नम्बरको पार्टी बन्छ, एमालेसँग गर्दा एमाले एक नम्बरको पार्टी बन्छ, माओवादसँग गर्दा माओवादीको पनि पोजिसन राम्रै हुन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।