शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमाथि आक्रमण गर्नु मोदीका लागि ठूलो भुल हुनेछ: पाकिस्तानी पूर्वराष्ट्रपति मुशर्रफ

बिहीबार, ०९ फागुन २०७५, १० : ३०
बिहीबार, ०९ फागुन २०७५

नयाँ दिल्ली – पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफले भारतले पाकिस्तानमाथि हमला गरेमा मोदीको जीन्दगीको सबैभन्दा ठूलो भुल हुने बताएका छन् । 

बिहिबार इन्डिया टुडेसँग कुराकानी गर्दै मुशर्रफले भारतले पाकिस्तानसँग मुकाबिला गर्न नसक्ने भन्दै पाकिस्तानलाई धम्की दिन बन्द गर्नुपर्ने बताएका हुन् । 

उनले पुलवामा केन्द्रीय रिजर्भ पुलिस बलका ४० जना जवानको ज्यान जाने गरी भएको हमलामा पाकिस्तानको इमरान सरकारको कुनै पनि प्रकारको संलग्नता नभएको जिकिर गरे ।

उनले उक्त हमला चरमपन्थी संगठन जैश ए मोहम्मदले गराएको स्वीकार गरेपछि पाकिस्तानमाथि धावा बोल्नु बेबकुफी भएको बताए । उनले भने, ‘आक्रमणकारी जैशप्रति मेरो कुनै संवेदना छैन । उसलाई पाकिस्तानमा प्रतिवन्ध लगाउनुपर्छ । जैशले ममाथि पनि हमला गर्ने कोषिस गरेको थियो ।’

हमलापछि भारतमा बनेको उक्साउने खालको माहोल साथै टेलिभिजनमा प्रशारण गरिएका पाकिस्तानप्रतिको गालीप्रति उनले खेद प्रकट गरे । उनले भने,‘ भारतीय प्रधानमन्त्री मोदीले उनको दिलमा आगो बलिरहेको बताए । तर यदि कश्मिरमा कसैको मृत्यु हुन्छ भने सबैभन्दा धेरै आगो मेरो मनमा बल्छ । जब कश्मिरको बच्चाको आखामा गोली लाग्छ मेरो आखाँमा आशुँ आउँछ ।’

भारत प्रशासित कश्मिरमा गत हप्ताको बिहिबार भएको आत्मघाती आक्रमणमा केन्द्रीय रिजर्भ पुलिस बलका ४० जवानको मृत्यु भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप