शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वास्थ्य मन्त्रि पोखरेलद्धारा २४ घण्टा भित्र उपत्यकाको स्वास्थ्य क्षेत्रको स्थिति पेशगर्न कडा निर्देशन, अनुगमनमा सचिवहरुको दौडादौड

सोमबार, १६ साउन २०७४, २० : ५७
सोमबार, १६ साउन २०७४

काठमाडौं –स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रालय मातहतका सम्बन्धित सचिवहरुलाई २४ घण्टा भित्र उपत्यकाको अस्पताल तथा स्वास्थ्य क्षेत्रका बस्तु स्थिति पेश गर्न कडा निर्देशन दिएका छन् । 
दिनभरिमा उपत्यकाको केन्द्रिय अस्पतालहरु ताथ मातहतका स्वास्थ्य संस्थाहरुको अवस्था बुझेर रिपोर्ट पेश गर्न उच्च स्तरिय बैठकमा मन्त्रि पोखरेलले निर्देशन दिएका हुन् । 

उपत्यकाका तीनै जिल्लाका अस्पतालहरुमा डाक्टर नर्स लगायत अन्य जनशक्ति, आवश्यक उपकरण, औषधि तथा भौतिक पूर्वाधारको अवस्था लगायत विषयमा उपलब्ध गराउन उनले निर्देशन दिएका हुन् । 
यसैगरी उक्त बैठकमा देशैभरका जनस्वास्थ्य कार्यलयहरुमातहत रहेका स्वास्थ्य सँस्थाहरुको रिपोर्टका लागि दुइदिन भित्र उपलब्ध गराउन निर्देशन दिएका छन् ।   निर्देशन पश्चात अनुगमन तथा निर्देशनमा सम्बन्धित कर्मचारीहरु खटिसकेका छन् । 


भक्तपुरमा डाक्टर दिपेन्द्र रमणसिँह (सहसचिव)को नेतृत्वमा अुनुगमन तथा मुल्यकंन गर्न खटिएका छन् । उनी महाशाखा प्रमुख समेत हुन् । उनको नेतृत्वमा त्यस क्षेत्रमा अनुगमन गर्न चार सदस्य टोली खटिएको मन्त्रालय श्रोतले जनाएको छ । त्यस्तै ललितपूरमा डा विनोद मान श्रेष्ठको नेतृत्वमा टोेली खटिएको छ, जुन टोलीले पाटन अस्पताल लगायत जिल्ला जनस्वास्थ्य कार्यलयका रिपार्ट सँगलन गरेका जनाएको छ ।

 यसै गरी डा. पुष्पा चौधरकिो  नेतृत्वमा चार सदस्य टोली सहित काठमाडौंका विभिन्न सरकारी अस्पतालहरुको अनुगमन भएको छ । उक्त अनुगमन तथा निरिक्षण टोलीलेल त्यस क्षेत्रमा विरामीको चाप डाक्टरको सँख्या भौतिक पूर्वाधार, आवश्यक उपकरण लगायत विषयमा सुचना सँकलन गरेको जनाएको छ । काठमाडौंको टोलीले   वीर अस्पतालको अनुगमन गरेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप