हेटौंडा सिमेन्ट उद्योगले माग्यो कर्मचारी, डिप्लोमा तहको परीक्षा केन्द्र तय
बिहीबार, ०९ फागुन २०७५, ०८ : १९
काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तहको परीक्षा केन्द्र तय गरेको छ ।
बिहीबार जारी सूचनाअनुसार परीक्षा फागुन १६ गते बिहान ७ बजेदेखि सुरु हुनेछ । सीटीईभीले सातै प्रदेशको लागि परीक्षा केन्द्र तय गरेको हो ।
यता सरकारी स्वामित्वको गोरखापत्र संस्थानले काठमाडौं उपत्यकाभित्र विज्ञापन संकलन गर्ने गरी खुलाएको विज्ञापन संकलक पदमा दरखास्त दिने उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ । सूचनामा अन्तर्वार्ताका लागि बोलाइएका उम्मेदवारको नामावलीसमेत समेटिएको छ ।
यस्तै हेटौंडा सिमेन्ट उद्योगले चार्टड एकाउन्टेन्ट र खानी इन्जिनियर पदमा कर्मचारी मागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द
-
जेजु एयर विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको खुलासा
-
इलाममा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण
-
संसदमा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक
-
राष्ट्रिय युवा संघ नेपालले माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने
-
‘केही नयाँ चाहनुहुन्छ भने परिभाषा भत्किन्छन्’