शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अलपत्र इलेक्ट्रिक बसः चीनबाट ल्याएको बस सञ्चालनमा ल्याउन सरकार असमर्थ

बिहीबार, ०९ फागुन २०७५, ०७ : ५७
बिहीबार, ०९ फागुन २०७५

काठमाडौँ – चीनको बिवाइडी अटो इन्डन्स्ट्रिज कम्पनीबाट ल्याएको पाँचवटा बस सञ्चालनमा ल्याउन सरकार असमर्थ भएको छ । ती बसमा आएको प्राविधिक कमजोरी देखाउँदै सरकारले सञ्चालन गर्न नसकेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चार महिनाअघि दुईवटा बस सञ्चालनको उद्घाटन गरेका थिए । संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयको ढिलासुस्तीका कारण सफा सवारीसाधन त्यत्तिकै थन्किएको हो ।

बसमा प्राविधिक कमजोरी भएको आरोप लगाउँदै सरकारले जैविक मैत्री बसको दर्ता प्रक्रिया सुरु गर्न इन्कार गरेपछि ती बस नक्सालस्थित ग्यारेजमा थन्किएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप