बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाकिस्तानी कैदीको भारतको जेलमा ढुङ्गाले हानीहानी हत्या

बिहीबार, ०९ फागुन २०७५, ०७ : ५१
बिहीबार, ०९ फागुन २०७५

नारायण बारेठ /बीबीसी

भारतको राजस्थानमा जयपुरको केन्द्रीय जेलमा भएका एक पाकिस्तानी कैदी शकरुल्लाहको जेलको ब्यारेकमा नै कैदीहरुले कुटीकुटी हत्या गरेका छन् ।

पाकिस्तानमा सियालकोटमा बस्ने शाकरुल्लाह जन्मकैदको सजाय काटिरहेका थिए । जेलका भएका चार भारतीय कैदीले उनको ढुङ्गाले हानीहानी हत्या गरेको बताइएको छ ।

पुलिसका अनुसार घटना बुधबार अपरान्हको हो । जयपुर पुलिसका वरिष्ठ अधिकारी लक्ष्मण गौडले जेल बाहिर जम्मा भएका पत्रकारसँगको कुराकानीमा यसबारे पुष्टि गरेका हुन् ।

गौडका अनुसार प्रारम्भिक रुपमा जेलमा टिभीको आवाजको विषयमा विवाद भएपछि घटनाले हत्याको रुप लिएको हो ।

 चार कैदीको पहिचान भइसकेको गौडले बताए ।

घटनाको सही तस्बिर सार्वजनिक होस् भन्नका लागि घटनाबारे थप अनुसन्धान भइरहेको गौडले बताए ।

घटनाको सम्बन्ध पुलवामा हमलासँग जोडिएको छ भन्ने प्रश्नमा पुलिस अधिकारीले अहिलेसम्म टिभीको आवाजको विषयमा झगडा सुरु भएको कुरा पत्ता लागेको जानकारी दिए ।

शाकरुल्लालगायत अन्य दुई पाकिस्तानी कैदीलाई सन् २०१७ मा जयपुरको एक अदालतले भारतमा आतंक फैलाएको आरोपमा जन्मकैदको सजाय सुनाएको थियो । त्यतिबेला देखि उनी जेलमा थिए । उनीमाथि चरमपन्थी संगठन लश्कर ए तैएबका लागि काम गरेको आरोप थियो ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप