शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनप्रतिनिधिको नेतृत्वमा चल्यो ‘नमस्ते प्युठान’

सोमबार, १६ साउन २०७४, २० : २७
सोमबार, १६ साउन २०७४

प्यूठान ’ प्यूठान नगरपालिका ८ धर्मावतिका नवनिर्वाचित वडा अध्यक्ष लिलाप सिंह केसीको नेतृत्वमा नमस्ते प्यूठान यातायात सेवा आज(सोमबार)बाट सञ्चालनमा आएको छ ।  
प्यूठानको यातायात सेवालाई सुव्यवस्थित तुल्याउँदै  सबै यात्रुहरुलाई समान पहुंच पुर्याउने उद्देश्यले नमस्ते प्यूठान सञ्चालनमा ल्याएको नमस्ते प्यूठान यातायात सेवा प्रा.लि. का अध्यक्ष लिलाप सिंह केसीले बताए । 

केसीले भने–‘युवाहरु व्यवसायमा जोडिने एउटा राम्रो माध्यम यातायात पनि हो ।’ केसीले थप्दै भने –‘नमस्ते प्यूठानको गन्तव्य भनेको प्यूठानी जनतालाई सम्मानजनक तरीकाले यात्रा गराउनु  हो । हामी युवाहरुले चालेको नयाँ कदमलाई सबैको साथ र सहयोग रह्यो भने प्यूठानका सवै युवाहरु कुनै न कुनै व्यवसायी जोडिन थाल्छन् र समृद्ध राष्ट्र बनाउन सकिन्छ ।’ 
करिब ४ करोडको लगानीमा नमस्ते प्यूठानले पहिलो  चरणका ६ वटा सुविधा सम्पन्न डिलक्स बस मात्र सञ्चालनमा ल्याएको केसीले जानकारी दिए । प्यूठान–काठमाण्डौ, प्यूठान–तुल्सीपुर र प्यूठान–कृष्णनगर लागि सेवा सुचारु गरिएको उनले बताए । 
२०४७ सालमा भालुवाङ– प्यूठान मोटरबाटो सञ्चालनमा आएपछी २०५० देखि राप्ती सार्वजनिक यातायात समितिद्धारा प्यूठान–काठमाण्डौ लगाएका केही ठाउँहरुमा बस सेवा सञ्चालनमा आएको थियो ।  २०६० साल देखि राप्ती समितिबाट अलग भई स्वर्गद्धारी समितिले यातायात सेवा सञ्चालन गर्दै आएको छ । हालभने प्यूठानमा नयाँ प्रा.लि.को रुपमा यात्रुहरुको मागलाई मध्यजनर गर्दै नमस्ते प्यूठान यातायात सेवा भित्रिएको छ । स्वर्गद्धारी सार्वजनिक यातायात समितिसंग बस छुट्ने समय तालिकाका बारेमा छलफल चलिरहेको  स्रोतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप