हुम्लामा पाँच दिनपछि इन्टरनेट सञ्चालनमा
बुधबार, ०८ फागुन २०७५, २२ : ०८
हुम्ला । हिमाली जिल्ला हुम्लामा पाँच दिनसम्म अवरुद्ध भएको इन्टरनेट एडिएसएल सेवा आजदेखि सञ्चालनमा आएको छ ।
गत शनिबार बिहान ८ बजेदेखि बन्द भएको इन्टरनेट, एडिएसएल सेवा आज नेपागञ्जमा रहेको क्षेत्रीय निर्देशनालयबाट इञ्जिनीयर आएपछि इन्टरनेट सेवा सञ्चालनमा आएको छ ।
नेपाल टेलिकम शाखा कार्यालय सिमीकोटमा रेडियो लिङ्कमा मेसिन सर्ट हुँदा सबै सेवा बन्द हुन पुगेको शाखा प्रमुख शिवप्रसाद भट्टराईले बताए ।
पाँच दिनसम्म इन्टरनेट बन्द हुँदा बैंकलगायत अन्य कार्यालयका कामकाज प्रभावित भएका थिए ।
सिमीकोट शाखामा रहेको रेडियो लिङ्क सर्ट हुँदा नयाँ मेशिन रेडियो लिङ्क हुम्ला पुगेपछि इन्टरनेट सेवा सञ्चालनमा आएको शाखा प्रमुख भट्टराईले बताए । इन्टरनेट बन्द हुँदा इमेल र फ्याक्स गर्न समस्या भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी