शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालिका हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग

बुधबार, ०८ फागुन २०७५, २१ : २३
बुधबार, ०८ फागुन २०७५

काठमाडौँ । दलित नागरिक समाजले धनुषाकी ११ वर्षीया दलित बालिका रेश्मा रसाइलीको हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेको छ । 

दलित नागरिक समाजका तर्फबाट दलित गैरसरकारी संस्था महासङ्घ (डिएनएफ)का महासचिव जेवी विश्वकर्माले आज विज्ञप्ति जारी गरी पीडित परिवारलाई क्षतिपूर्तिसहित दोषीमाथि कडाभन्दा कडा कारवाही गर्नका लागि प्रदेश सरकार र सङ्घीय सरकारसँग जोड्दार माग गरे । 

धनुषा जिल्ला मिथिला नगरपालिका–३ हरिहरपुरको मगरटोलकी देवनारायण रसाइलीकी ११ वर्षीया छोरी रेश्मा रसाइलीको हत्या गरी उखुबारीमा आधा जलाइएको अवस्थामा फागुन २ गते बिहान शव फेला परेको थियो । 

अघिल्लो दिन छिमेकीको बिहेमा गएकी रसाइली बिहान बीभत्स रुपमा मृत फेला परेकी हुन् । रसाइलीलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले धनुषा बटेश्वर–४ स्थित काकाको घरमा बस्ने २२ वर्षीया ‘हाम्ली डन’ भनिने निरज जर्घामगरलाई प्रहरीले पक्राउ गरेको छ । 

घटनामा संलग्न दोषीलाई कडा कारवाही हुनुपर्ने माग गर्दै दलित नागरिक समाजमा आबद्ध दलित गैरसरकारी संस्था महासङ्घ (डिएनएफ), समता फाउण्डेशन, दलित महिला उत्थान सङ्घ (एड्वान) र दलित महिला सङ्घ (फेडो) लगायतका सङ्घ÷संस्थाले मङ्गलबार बेलुका माइतीघर मण्डलामा एक घण्टा प्रदर्शन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप