त्रिविका सहायक डिन साहलाई विद्यार्थीले दले कालोमोसो
बुधबार, ०८ फागुन २०७५, २० : १२
काठमाडौं– त्रिवि शिक्षाशास्त्रका सहायक डिन बबालाल साहमाथि नेकपाका विद्यार्थी संगठन निकट विद्याथीहरुले कालोमोसो दलेका छन् ।
साहले ट्रान्सकिप्ट बनाउन आएकी एक युवतीलाई जबर्जस्ति यौन दुराचार गर्न खोजेको भन्दै नेकपानिकट अखिल (क्रान्तिकारी) र अनेरास्ववियूका विद्याथीहरुले कालो मोसो दलेका हुन् ।
सहायक डिन साहलाई कालोमोसो दलेलगत्तै विद्यार्थीहरुले प्रहरीलाई जिम्मा लगाएका छन् । साह अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।
सो घटनालगत्तै साहलाई त्रिविले निलम्बन गरेको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बुधबार बसेको आकस्मिक बैठकले निलम्बन साहलाई गरेको हो ।
साहले विश्वविद्यालयको मान, प्रतिष्ठा र गरिमा घटाउने अत्यन्त अनुशासनहिन तथा निन्दनीय कार्य गरेको स्पष्ट पार्दै निलम्बन गरिएको त्रिविले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
-
दोस्रो जनआन्दोलनले गर्भे टुहुरो बनायो विजयराज पाण्डेलाई
-
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह