शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्र बैंकको मौद्रिक समिक्षा माथि बैंकर्स संघको असहमति

बुधबार, ०८ फागुन २०७५, १९ : ३६
बुधबार, ०८ फागुन २०७५

काठमाडौं–राष्ट्र बैंकले मौद्रिक समिक्षाबाट घोषणा गरेका कार्यक्रममा बैंकर्स संघले असहमति जनाएको छ ।

राष्ट्र बैंकले मौद्रिक समिक्षाबाट घोषणा गरेका कार्यक्रमहरु जस्ताको त्यस्तै लागु भएमा बैंकहरु ठूलो समस्याबाट गुज्रिनु पर्ने बैंकर्स संघले निष्कर्ष निकालेको छ । सोमबार राति सार्बजनिक समिक्षापछि बुधबार संघको बैठकमा सबै बैंकरहरु बैंकिङ प्रणालीलाई गलत दिशामा लैजाने प्रयत्न भएको निस्कर्ष निकालेका छन् ।

कल डिपोजिट १० प्रतिशतमा झार्ने बिषयले बजारलाई तहसनहस गर्ने निष्कर्ष बैंकरले निकालेका छन् । बैंकरहरुले बैंकहरुको सेवा तथा प्रशासनिक शुल्कमा अंकुश लगाउने घोषणा भएको र यसले ठूलो समस्या ल्याउने बताएका छन् । राष्ट्र बैंक र अर्थ मन्त्रालयले विभिन्न मागको लागी बैंकहरुलाई अफ्टेरोमा पार्न नहुने बैंकरहरुको तर्क छ ।

संघले केही दिनमै बैंकका सञ्चालक समितिका अध्यक्षहरुसँग छलफल गर्ने भएको छ । छलफलपछि आफ्नो गुनासा र समस्या लिएर राष्ट्र बैंक जाने सहमति पनि आजको बैठकले गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप