बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरकारका राम्रा काम देखेर काँग्रेस डरायो : मन्त्री विष्ट

बुधबार, ०८ फागुन २०७५, १९ : ३६
बुधबार, ०८ फागुन २०७५

बुटवल– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वर्तमान सरकारको एक वर्ष नीति निर्माणमा बितेको बताएका छन् ।   गृहजिल्ला गुल्मी आएका मन्त्री विष्टले मुसिकोट नगरपालिका– १ पौदीअमराई अरेवाको जनज्योती माध्यमिक विद्यालयले आयोजना गरेको महायज्ञमा बोल्दै सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले सरकारले यो एक वर्षमा विकासको जग निर्माण गरेको र अबको बर्ष विकास निर्माणका कामहरु सुरु हुने दावी गरे । 

अहिलेको सरकारले केही काम गरेन भन्नु पूर्वाग्राह भएको बताउँदै उनले भने– ‘नेकपा नेतृत्वमा गठन भएको सरकारले मुलुकमा नयाँ र महत्वपूर्ण कामहरु अगाडि बढाइरहेको देखेर विपक्षी दलहरु आत्तिएर सरकारले केही काम गर्न सकेन भनेर हल्ला फैलाएको छन्, जुन पूर्वाग्रह शिवाय अरु केही होइन ।’

सरकारले अहिलेसम्म गरेका काम कति राम्रा र कति नराम्रा भन्ने विषयमा आफु जतिबेला पनि समीक्षा गर्न तयार रहेको उनले बताए । ‘सुखी नेपाली र समृद्ध नेपाल निमार्ण गर्नका लागि सरकारले काम अगाडि बढाएको छ’ मन्त्री विष्टले भने, ‘सरकारले छोटो समयमा गरेका राम्रा कामहरुदेखि डराएर प्रतिपक्षले गलत प्रचार गरेर केही हुँदैन ।’

अहिल्यै आत्तिएर सडकमा आउनु आवश्यक नरहेको भन्दै उनले आगामी ४ वर्षमा सरकारले धेरै नमुना काम गर्ने दावी गरे ।  मुलुक विगतको तुलनामा धेरै राम्रो स्थितिमा रहेको भन्दै उनले आर्थिक समृद्धितर्फ लैजान सबैको ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

सुखी नेपाली र समृद्ध नेपाल बनाउने कुनै दलको मात्र अठोट नभएको भन्दै मन्त्री विष्टले अगाडि भने, ‘यो सबै नेपाली जनताको अठोट भएकाले यसलाई हातेमालो गरेर अगाडि सवै बढ्नुको विकल्प छैन ।’ उनले सरकारले गरेका राम्रा कामहरुको समर्थन गर्न आग्रह समेत गरे । साथै उनले सरकार गठन भएको एक बर्षमा नीति योजनाहरु बनाउने काम भएको र अहिले कार्यान्वयनको चरणमा रहेकाले अबको बर्ष विकास निमार्णका कामहरुको उद्घाटन बर्ष हुने उनको दावी रहेको छ ।

कार्यक्रममा बोल्दै नेकपा गुल्मीका सचिव वुद्धि जिसीले मुुसिकोट नगरपालिका लगायत गुल्मी जिल्लाको विकास निमार्णमा आफ्नो पाटीको भूमिका सधै पहिलो रहने बताए । उनले नेकपाको तीनै तहका सरकारले चुनावमको समयमा गरेका प्रतिबद्धताहरु नभुलेकाले बिस्तारै ती सबै प्रतिबद्धताहरु पुरा गरेरै छाड्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप