बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा घटनास्थलमै एकको मृत्यु

बुधबार, ०८ फागुन २०७५, १७ : १७
बुधबार, ०८ फागुन २०७५

भक्तपुर । भक्तपुरमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर घर भएका २९ वर्षीय विशुराज पन्त रहेका छन् । 

काभ्रेको नालाबाट भक्तपुरतर्फ आउँदै गरेको बा५ख ७७४७ नं को टिपरले चाँगुनारायण नगरपालिका–९ ताथलीमा आज दिउँसो बा ४० प ५४०४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पन्तको मृत्यु भएको हो । 

प्रहरीले टिपर र टिपर चालक विनोद तामाङलाई नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप