शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्याक्सीमा छुटेका लाखौंका गरगहना फिर्ता गरे चालकले

बुधबार, ०८ फागुन २०७५, १६ : १३
बुधबार, ०८ फागुन २०७५

काठमाडौँ– ट्याक्सीमा छुटेको सामग्री सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । आज बिहान ५ बजे काठमाडौँको अनामनगरदेखि नैकापसम्म जाँदा बा २ ज २२७९ नम्बरको ट्याक्सीमा गुल्मीकी वसन्ता भुसालको छुटेको गरगहनासहितको सामान ट्याक्सीचालक सुनसरीका सिमल राईले फिर्ता गरेका हुन् । 

चालक राईले ट्याक्सीमा छोडिएको ठूलो मङ्गलसूत्र एक थान, सानो मङ्गलसूत्र एक थान, चन्द्रमा एक थान, तिलहरी एक थान, घाँटीको हार एक थान, पिजडा टप एक जोडी, वेरुवा रिङ एक जोडी, औँठी तीन थान, लेडिज पर्स एक थान र रु ६ हजार १२३ फेला पारेका थिए । 

चालक राईले फेला पारेको उक्त गरगहना र नगद महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टले सम्बन्धित धनीकी बहिनी सोनिया भुसाललाई जिम्मा लगाएको महाशाखाले जनाएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाभित्रका ट्याक्सीमा हराएका सामग्री फेला नपर्ने गरेकामा राईले उदाहरणीय काम गरेको प्रनाउ भट्टले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप