बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बर्मेली विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई पूर्ण छात्रावृत्ति

बुधबार, ०८ फागुन २०७५, १५ : ३९
बुधबार, ०८ फागुन २०७५

बुटवल–  बर्मामा रहेका वौद्य विश्वविद्यालयले एमफील तथा पीएचडी अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई पूर्ण छात्रावृत्ति दिने भएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बुद्धिज्ममा एमए गरेका विद्यार्थीलाई उक्त विश्वविद्यालयले सिफारिस गरेमा पूर्ण छात्रावृत्ति दिन सकिने बर्मा स्थित विश्वविद्यालयका पदाधिकारीले बताएका छन् ।

म्यानमार (बर्मा) मा रहेको प्रसिद्ध विश्वविद्यालय स्टेट परियति शासन युनिभर्सीटी, याङ्गुन र अन्तर्राष्ट्रिय बुद्धिष्ट थेरावाद मिसीनरी युनिभर्सटी यांगुनले बुद्धिज्ममा अनुसन्धान तथा शोध गर्न चाहने नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने प्रतिवद्धता जनाएको  लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रिय क्याम्पस लुम्बिनीका क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप