शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नाचघरमा नरेन्द्र प्यासीको एकल साँझ

बुधबार, ०८ फागुन २०७५, १५ : १६
बुधबार, ०८ फागुन २०७५

काठमाडौं– सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले सुगम संगीतको प्रवर्धन गर्ने उदेश्यले ९ फागुन अर्थात बिहिबार नरेन्द्र प्यासीको एकल गायन ‘नरेन्द्र प्यासी एकल सांगीतिक साँझ–२०७५ˈआयोजना गर्दैछ । बेलुका ५ बजेबाट ७ बजेसम्म चल्ने एकल साँझको सम्पूर्ण तयारी पुरा भएको गायक प्यासीले जानकारी दिए ।

अम्बर गुरुङसँग संगीत सिकेर गायन यात्रा सुरु गरेका प्यासीले २०३० सालमा झलकमान गन्धर्ब र बुबा स्व. प्रतिमान भुषालको संगीतमा पहिलो गीत बिना बादल असिना पानी, फेरि माया लाउलीकी बैमानी...गीत रेकर्ड गराएका थिए । राष्ट्रिय भावको गीत, भजन, आधुनिक, नेपाली हिन्द (गजल), लोक र नेपाली चलचित्रका गरेर  प्यासीको हालसम्म करिब ४०० गीत रेकर्ड गराएका छन् । 

के भूल भयो प्रिया..., तिमीले दिने माया अजम्बरी छ भने..., तिमी बिनाको जीवन.., तिम्रो दिलमा चोट लाग्दा..., म तिम्रो मान्छे बन्न सकिन..., माया ओ माया..., एउटा परदेशी आई..., काठमाडौं छुट्यो हेर्दा हेर्दै...लगायत प्यासीका दर्जनांै गीत हिट छन् । एकल साँझमा उनले १३ गीत गाउने जानकारी दिए ।

कार्यक्रममा उनलाई सांस्कृतिक संस्थानका कलाकारहरु विपिन घिमिरे, आकाश थापा र शिला विष्टले साथ दिँदैछन् । यो एकल साँझमा संगीत संयोजनको भूमिका दिनेश रेग्मीले गर्दैछन् । कार्यक्रममा गीतकार डा.कृष्णहरि बरालसहित अग्रजदेखि नयाँ पुस्ताका गीतहरु गाउँदैछन् । 

सांस्कृतिक संस्थानलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ व्यवसायिक कार्यक्रमको रुपमा यो कार्यक्रम आयोजना गरिएको संस्थानका महाप्रबन्धक राजेश थापाले जानकारी गराए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप