शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच दिनभित्र तत्कालीन र दीर्घकालीन कामका सुची बुझाउन सामान्य प्रशासन मन्त्रीको कडा निर्देशन

सोमबार, १६ साउन २०७४, १९ : ०४
सोमबार, १६ साउन २०७४

काठमाडौँ – सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले आज मन्त्रालय मातहतका ललितपुरस्थित कर्मचारी प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, कर्मचारी प्रशिक्षण प्रतिष्ठान र निजामती किताबखानाको निरीक्षण गर्दै तिनका प्रमुखलाई पाँच दिनभित्र तत्काल गर्नुपर्ने र दीर्घकालीन कामको सूची मन्त्रालयमा बुझाउन निर्देशन दिएको छ । 


उनले ती निकायलाई संघीयताको संरचनानुसार अगाडि बढाउनसमेत निर्देशन दिनुभएको उनका स्वकीयसचिव तिलकराज ओलीले बताए । उनले दुई प्रतिष्ठानलाई चाँडै संघीय संरचनानुरुप सात वटै प्रदेशमा कर्मचारीलाई तालिमको व्यवस्थापन गर्न तथा निजामती किताबखानालाई संघीय संरचनामा लैजानका लागि योजना बनाएर मन्त्रालयमा पेश गर्न आग्रह गरे । 

निरीक्षणका क्रममा प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने, कर्मचारी प्रशिक्षण प्रतिष्ठानका महानिर्देशक शैलेन्द्र गिरी र किताबखानाका महानिर्देशक केशवप्रसाद आचार्यले आ–आफ्ना निकायको अवस्थाबारे मन्त्री बस्नेतलाई जानकारी गराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप