बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वराको हस्तमैथुन दृष्यमा यी नेताको यस्तो आपत्ति कि काश्मिर हमलामा समेत ताने

बुधबार, ०८ फागुन २०७५, १३ : २२
बुधबार, ०८ फागुन २०७५

भारतका आम आदमी पार्टीका नेता कपिल मिश्राले फेब्रुअरी १४ तारिखमा भारत प्रशासित काश्मिरमा भएको आतंककारी हमलाको घोर विरोध गर्दै ट्वीट गरेका छन् । तर उनले विरोध गर्नका लागि जुन शब्द चयन गरे त्यसबारे भने सबैले प्रश्न उठाएका छन् । उनले प्रयोग गरेको शब्दमा नायिका स्वरा भास्करले पनि कमेन्ट गरिन् । स्वराले कमेन्ट गरेपछि कपिलले उनका लागि अझ तल्लो स्तरको शब्द प्रयोग गरेका छन् ।

वास्तवमा कपिलले एक ट्वीट गरेका छन् जसमा उनले चरमपन्थीविरुद्ध बदला लिने तरिका बताएका छन् । उनले लेखेका छन्ः

सर्जिकल स्ट्राइकबाट बदला लिन सकिँदैन, बदला उनीहरुको ४०–५० सैनिक मारेर पनि हुँदैन । बदला त्यसरी लिनुपर्छ जसरी इजराइलले लिन्छ, अमेरिकाले लियो र श्रीलङ्काले एलटीटीईसँग लियो । उनले इस्लामिक आतंकलाई पूर्ण ध्वस्त पार्नुपर्ने बताए । र अन्त्यमा एउटा लाइनको फुर्का हाल्दै लेखे, ‘त्यो कोखलाई नै ध्वस्त पारिदिने जसले आतंककारीलाई जन्म दिन्छन् ।’

कपिलको ट्वीटको अन्तिम लाइनको विषयमा स्वराले विरोध जताइन् । उनले लेखिन्, ‘कपिलले आफ्नो पोष्टको अन्तिम लाइनमा नरसंहारको कुरा गरेका छन् ।’ यो ट्वीटमा उनले ट्वीटर इन्डिया र ट्वीटरलाई पनि ट्याग गरिन् । ट्वीटरमा कसैले पनि नरसंहारको कुरा गर्न सक्दैनन्, यो सही कुरा हो ।

तर स्वराको यो कुरा कपिललाई अलिकति पनि मन नपरेको देखिन्छ । उनले उनीविरुद्ध ट्वीट लेखे, ‘तपाईंको औंला ट्वीट गर्न निकै ढिलोगरी फ्रि भयो त ।’ उनको यो पहिलो लाइनको अर्थ के हो ? पुलवामा हमलाबीच यस्तो प्रकारको कुरा गर्नुको अर्थ के हो ? यसले उनको मानसिकता दर्साउने भन्दै थुप्रै प्रयोगकर्ताले विरोध जताए ।

स्मरण रहोस्, केही समय अघि स्वराको ‘वीरे दी वेडिङ’ फिल्म रिलिज भएको थियो । यो फिल्ममा स्वराले एउटा दृश्य दिएकी थिइन् जसका कारण उनलाई सोसल मिडियामा निकै ट्रोल गरिएको थियो । दृश्य थियो हस्तमैथुनको ।

  कपिलको यो ट्वीटको स्वराले जवाफ दिएकी छिन् । उनले लेखेकी छिन्, ‘यो विकृत मानसिकता भएका व्यक्ति हाम्रो देशका छानिएका प्रतिनिधी हुन् । घटिया !’

जसमा कपिलले पुनः एउटा ट्वीट गर्दै लेखे, ‘हो, म छानिएको प्रतिनिधी हुँ । र तिमी एक फ्लप साइड नायिका हौ । तिमीलाई देशले घृणा गर्नका लागि अर्को एउटा कारण पाएको छ । गालीको जवाफमा गाली गर्दिनँ तर सैनिकका मजाक उडाउँछौं, आतंकको कोख बचाउँछौं र जिहादीलाई सहनुभूती दिन्छौ भने म त्यसको तगडा जवाफ दिन्छु ।’

यहाँ याद गर्नुहोस् कि स्वराले हालै एउटा भिडियो इन्स्टाग्राममा रिलिज गरेकी थिइन् । जसमा उनले सोसल मिडियामा उनले गाली दिनेहरुलाई जवाफ दिएकी थिइन्, गाली नै गरेर । यहाँ कपिल त्यही भिडियोलाई आधार मानेर गालीको जवाफमा गाली दिन्नँ भनेका हुन् ।

यसमा स्वराले ट्वीट गरिन्, ‘कपिल जी, हाम्रो सैनिकको सहादतलाई आफ्नो घृणित र घटिया सोचका लागि मंच नबनाउनुस् ! ती वीरको सम्मानमा तपाईं आफ्नो मुख बन्द गर्नुहोस् । अर्को कुरा, तपाईंलाई झुटो आरोप लगाउने रोग छ.. यो जगजाहिर छ । गेट वेल सुन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप