सरकारले प्रतिपक्षलाई साथमा लिएर जान्छ : मन्त्री ढकाल
बुटवल– संघीय सरकारका कानुन मन्त्री भानुभक्त ढकालले बहुमत प्राप्त भएको सरकार एक्लै हिड्ने मनस्थितिमा नभएको बताएका छन् । उनले प्रमुख प्रतिपक्षि दल र अन्य दलहरुलाई समेत समेटेर अगाडी बढ्दै गरेको बताए ।
कानुन निर्माण गर्ने सन्र्दभमा संघ र प्रदेशको विचमा कुनै पनि दुरी नभएको बताए ।उनले साझा सूचिसँगको विषयमा विषय उठानको जिम्म नै सम्बन्धित मन्त्रालय नै रहेको बताए । उनले संघले कानुन निर्माण समयमा नै नगर्दा प्रदेश र स्थानिय तहको बीचमा केही अप्ठ्यारो भएकोमा सरकारले जिम्मेबार लिने बताए ।
बटवलमा आयोजना गरिएको आज बिहान पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ढकालले प्रदेश सरकारले विदा घोषणा गरेको समयमा संघ अन्तर्गतका कार्यालयहरुमा पनि विदानै गर्ने गरी कार्य अगाडि बढेको बताए । प्रदेश र संंघको बीचमा कुनै पनि खट्पट नभएको भन्दै उनले सरकारले विवाद सृजनाभन्दा पनि समन्वय गरेर अगाडि बढेको बताए । उनले प्रतिपक्ष बिनाको चिकित्सका शास्त्रको बिद्येयक मात्र पारित भएको बताए । उनले प्रदेश र स्थानीय तहले प्रतिपक्षको साथ लिएर कानुन निमार्ण गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३३ जनाले लिए काठमाडौँ महानगरभित्रका अस्पतालबाट निःशुल्क उपचार सेवा
-
‘पुजार सार्की’को गीत ‘दर्शन गरेँ‘मा आर्यन, प्रदीप र पलको कौडा नृत्य
-
राजेन्द्र लिङ्देनलाई बालेनले तोके जरिवाना
-
म्यान्माको कारागारमा झडप हुँदा ४ जनाको मृत्यु, ८ घाइते
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो