युनिभर्स पावर कम्पनीमा माग भन्दा बढी आवेदन, आइपीओ भर्ने आज अन्तिम दिन
बुधबार, ०८ फागुन २०७५, १२ : ४७
काठमाडौं– युनिभर्सल पावर कम्पनीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन हो ।
युनिभर्सलमा माग भन्दा बढी आवेदन परेको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ९० करोड १० लाख ४८ हजार रुपैयाँको आवेदन बुधबार बिहानसम्म परेको छ । युनिभर्सलले ८६ लाख ७४ हजार ४९२ कित्ता आइपिओ बिक्रि खुला गरेको हो । बुधबार बैंकिङ समयसम्म खुला रहने आइपिओमा अझै आवेदन पर्नसक्नेछ ।
आयोजना प्रभावित स्थानीयले नकिनेको १७ लाख ६६ हजार १५० कित्ता समेत गरी कुल ९३ लाख २७ हजार ४१० कित्ता आइपिओ बिक्रिमा ल्याएको हो । यस मध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता सेयर कर्मचारी र ४ लाख ६६ हजार ३ सय ७० कित्ता सेयर सामुहिक लगानीकोषलाई छुट्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा