शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुलले घरमै गोल गर्न सकेन

बुधबार, ०८ फागुन २०७५, ०९ : ४७
बुधबार, ०८ फागुन २०७५

एजेन्सी –इङ्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जर्मन टोली बायर्न म्युनिखसँग गोलरहित बराबरीमा रोकिएको छ ।
 
लिभरपुलको घरेलु मैदानमा मंगलबार राति बायर्नले पकट जमाएको थियो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा तुलनात्मक रूपमा बलियो देखिएको लिभरपुलले राम्रा मौका गुमाएको थियो । 

साडियो माने ३४औं मिनेटमा पोस्ट नजिक चुकेका थिए । मोहमद सालाहले पनि अर्को उत्कृष्ट अवसर गुमाएका थिए । दोस्रो हाफमा केही शसक्त देखिएको बायर्नले घरेलु टोलीलाई दबाब दिएपनि गोल गर्न सकेन ।  

खेलमा लिभरपुलले ४९ प्रतिशत बल नियन्त्रणमा लियो । बार्यनले ५१ प्रतिशत बल नियन्त्रणमा राखेको थियो । लिभरपुलले १५ वटा पोस्ट प्रहार गरेको थियो । बायर्नले ९ वटा पोस्ट प्रहार गरेको थियो । 

अब दुई टोलीबीचको दोस्रो लेग बायर्नको मैदानमा आगामी मार्च १३ तारिख हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप