शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हृदयघातका कारण गायक प्रतीक चौधरीको निधन

बुधबार, ०८ फागुन २०७५, ०९ : ३२
बुधबार, ०८ फागुन २०७५

मुम्बई – बंगाली गायक प्रतिक चौधरीको निधन भएको छ । ५५ वर्षीय चौधरीको हृदयघातका कारण निधन भएको हो । 

परिवारिक स्रोतका अनुसार उनको निधन मंगलबार साँझ एपोलो अस्पतालमा भएको हो । 

उनका पत्नी र एक छोरा छन् । उनी बंगाली संगीत क्षेत्रका लोकप्रिय गायक हुन् । साथै उनले थुप्रै चर्चित फिल्ममा पनि आफ्नो स्वर दिएका छन् । 

उनको निधनप्रति दुख व्यक्त गर्दै गायिका परोमा बनर्जी लेख्छिन्, ‘यो  घटनाप्रति विश्वास नै लागेको छैन । उनको र मेरो तीन दिन पहिले एक संगित समारोहमा भेट भएको थियो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप