शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आखिर किन भनिँदैछ, ‘कपिल शर्मालाई बहिष्कार गर्नेबेला आएको छ’

बुधबार, ०८ फागुन २०७५, ०९ : ०६
बुधबार, ०८ फागुन २०७५

काश्मिरको पुलवामा भएको चरमपन्थी हमलाबारे विवादास्पद टिप्पणी दिएका कारण नवजोत सिंह सिद्धुलाई द कपिल शर्मा शोबाट निकालिएको खबर सेलाउन नपाउँदै कपिल शर्माको एउटा भिडियो भाइरल हुन थालेको छ ।

यसमा उनले सिद्धुको समर्थन गरिरहेको देखिएको छ जसका कारण सोसल मिडियामा कपिल शर्मालाई बहिष्कार गर्नुपर्ने नारा घन्किन थालेको छ ।

कपिल शर्मा आफ्नो बयानका कारण पुनः एकपटक सोसल मिडियामा मानिसहरुको आलोचनाको घेरमा बेह्रिएका छन् ।

कपिल एक कार्यक्रमका लागि चन्डीगढ पुगेका थिए । त्यहाँ एक टेलिभिजनसँगको कुराकानीमा सिद्धुको बचाउ गर्दै कपिलले यस्ता कुराको कुनै ठोस् हल निकाल्नु पर्ने र कसैलाई प्रतिबन्ध गर्नु समस्याको समाधान नभएको बताएका छन् ।

कपिलको यो बयानपछि सोसल मिडियामा मानिसहरु निकै रिसाएका छन् र उनीहरु #BoycottKapilSharma   को नारा चर्काइरहेको देखिन्छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘कपिल शर्मा खुल्ला रुपमा आतंककारी समर्थक सिद्धुलाई सपोर्ट गरिरहेका छन् । अब कपिललाई बहिष्कार गर्नेबेला आएको छ । ’

अर्काले लेखे, ‘यसलाई हेर्नुहोस्, एउटा जोकरले जस्तो कुरा गरिरहेको छ । यसको आवाजमा कति घमन्ड छ र शहिद भएका जवानका लागि कुनै पीडा छैन । घृणास्पद ।’

कतिले सोनी टिभी अनसब्सक्राइब गरेको कुरा पनि गरे ।

एक प्रयोगकर्ताले लेखे, ‘कपिल शर्मा, म तपाईंको हरेक कार्यक्रम हेर्थे, तर यसपटक तपाईंले सिद्धुको समर्थन गरेको देखर यस्तो लाग्यो कि, मैले अब तपाईंको शो हेर्न बन्द गर्नुपर्छ र म विश्वास दिलाउन चाहन्छु कि मेरा अन्य १० साथी र आफन्त पनि यस्तै गर्नेछन् । तपाईं अभिमानी हुनुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप