शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोटेश्वर–कलङ्की सडकको बाहिरी लेन निर्माण आधा सम्पन्न

बुधबार, ०८ फागुन २०७५, ०८ : ५१
बुधबार, ०८ फागुन २०७५

काठमाडौं - कोटेश्वर–कलङ्की सडकको बाहिरी लेन (सर्भिस ट्र्याक) निर्माण आधा सकिएको छ । दश दशमलव चार किलोमिटर लामो सडकको बाहिरी लेनको आधा काम सकिएको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ । 

कोटेश्वर–कलङ्की सडक चिनियाँ सरकारको सहयोगमा निर्माण भई गत महिना चिनियाँ दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । सडकमा आठ लेन चिनियाँ कम्पनीले र दुई लेन नेपाल सरकारले निर्माण गर्ने सम्झौता भएको इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । उनले भने, “चाँडो काम सक्न लागिपरेका छौँ ।” 

सरकारले वार्षिक छुट्याएको बजेटबाट काम गर्नु पर्ने हुँदा केही भागमा निर्माणको सकिएको र केही भागमा काम भइरहेको शर्माले बताए । अघिल्लो वर्ष सडक निर्माण जारी हँुदा यी दुई लेनको संरचना हटाउन नसक्दा काम गर्न ढिलाई भएको थियो । उनका अनुसार सडकमा मुख्य चार लेन, सहायक चार लेन र सर्भिस ट्र्याक दुई लेन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप