शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संसद् सचिवालयको ‘लुट’: थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी प्रधानमन्त्री कार्यालयले लग्यो

बुधबार, ०८ फागुन २०७५, ०७ : ३९
बुधबार, ०८ फागुन २०७५

 काठमाडौं – संघीय संसद् सचिवालयले थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे भन्दै प्रधानमन्त्री कार्यालयले लगेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद् सचिवालयले थन्क्याएर राखेका तीनटा स्कार्पियो, ६वटा कार, दुइटा टाटा सुमो र एउटा बस दुई साताअघि लगेको हो । यो समाचार आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन् । 

प्रधानमन्त्री कार्यालयले लगेका ती गाडी परीक्षण गर्दा बिग्रिएका नभई सद्दे अवस्थामै पाइएका छन् । स्रोतका अनुसार संसद् सचिवालयले सद्दे गाडीलाई बिगिैएको भन्दै नयाँ किन्न थन्क्याएर राखेको हो । नयाँ किन्दा कमिसन पाइन्छ । कमिसनको मोहमा संसद् सचिवालयका अधिकारीले सद्दे गाडीलाई थन्क्याएर राखेका हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘संसद् सचिवालयले लामो समयसम्म थन्क्याएर राखेका गाडी परीक्षण गर्दा सद्दे नै पाइएपछि प्रधानमन्त्री कार्यालयले लगेको हो । 

प्रयोग नगरी थन्क्याएकाले ती गाडी मर्मत भने गर्नुपर्ने अवस्था रहेको स्रोतले बतायो । ‘सामान्य मर्मतपछि हामी ती गाडीलाई प्रदेश तथा स्थानीय तहमा पठाउने छौं, हामी एउटा पनि सद्दे गाडी थन्क्याउन नदिने अभियानमा छौं,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप