पाँच मन्त्रीले लिए दोहोरो सुविधाः इन्धनबापतको रकम खल्तीमा, मन्त्रालयबाट तेल
कास्की – गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयको तेल भर्ने गरेको खुलेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा रोहितराज पराजुलीले लेखेका छन् ।
सरकारबाट इन्धनबापतको रकम लिएर पनि मन्त्रीहरूले गाडीमा मन्त्रालयबाटै तेल भर्दै आएको रिपोर्ट सार्वजनिक लेखा समितिमा पुगेको हो ।
मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिएको सूचना पाएपछि १५ माघमा सार्वजनिक लेखा समितिको बैठकले सबै मन्त्रालयलाई सात दिनभित्र रिपोर्ट पेस गर्न निर्देशन दिएको थियो । लेखाको निर्देशनअनुसार मन्त्रालयहरूले चालू आर्थिक वर्षको सात महिनाको रिपोर्ट पेस गरेका छन् ।
आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले दोहोरो सुविधा लिएको रिपोर्ट मन्त्रालयले लेखामा बुझाएको नेकपाका एक सांसदले नयाँ पत्रिकालाई बताए ।
सातसदस्यीय मन्त्रिपरिषद्का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयबाट इन्धन सुविधा लिएका छैनन् । सामाजिक विकासमन्त्री नरदेवी पुनले भने तेल हाले–नहालेको जवाफ मन्त्रालयले लेखा समितिलाई अहिलेसम्म बुझाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ