शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपाका शीर्ष नेताहरु धनगढीमा

मङ्गलबार, ०७ फागुन २०७५, २१ : ५२
मङ्गलबार, ०७ फागुन २०७५

अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु आज धनगढी आएका छन् । 

बुधबार धनगढीमा हुने पार्टीको विशेष कार्यकर्ता भेलामा सहभागिताका लागि अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेलसहितका नेताहरु धनगढी पुगेका नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए । 

भेलालाई नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले बताए । 

यसअघि आजै अध्यक्ष दाहालले धनगढीस्थित नेकपा सुदूरपश्चिम प्रदेश कार्यालय पुगेर निरीक्षण गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप