शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाग्लुङमा ७०० मिटर तल खस्यो जीप, तीनको मृत्यु

मङ्गलबार, ०७ फागुन २०७५, २१ : ४७
मङ्गलबार, ०७ फागुन २०७५

गलकोट । बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा आज साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

ध १ ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । 

छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किंदै गरेका विद्यार्थी अभिभावक सवार जीप दुर्घटनामा परेको वडाध्यक्ष विजय शर्मा अधिकारीले बताए । 

सडकदेखि करीब ७०० मिटर तल खसेको जीपमा यती नै मानवीय क्षति भएको एकिन गर्न नसकेको अधिकारीको भनाइ छ । 

घटनामा उद्धारको कार्य भइरहेको र विस्तृत विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप