नेपाल आएका गायक सोनु निगम सुटिङस्थलमै विरामी, नर्भिकमा उपचार हुँदै
मङ्गलबार, ०७ फागुन २०७५, १८ : ४८
काठमाडौं– नेपाल आएका चर्चित भारतीय गायक सोनु निगम विरामी परेका छन् । पोखरामा सुटिङ गर्ने क्रममा गायक निगम विरामी परेका थिए ।
ढाडको मांशपेसीमा समस्या देखिएपछि उपचारका लागि साढे १ बजे नर्भिक अन्तर्राष्ट्रिय अस्पताल काठमाडौंमा उपचारको लागि ल्याईएको अस्पतालका रामप्रसाद मैनालीले जानकारी दिए ।
हाल गायक निगमको डा.पंकज जलान र डा.प्रवीण नेपालको टोलीले उपचार गरिरहेको अस्पतालले जनाएको छ ।
उनको स्वास्थ्य अवस्था सुधारको क्रममा रहेको अस्पताले जनाएको छ । धेरै नेपाली गीतमा आवाज दिएका चर्चित गायक निगम एक नेपाली कलाकारको एल्बममा गीत गाउन र सुटिङको लागि नेपाल आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागू औषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
-
जापानी चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको हिप्पो पोथी निस्किएपछि...
-
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल
-
सुनिल नारिनले टी–२० विश्वकप खेल्न सन्न्यास फिर्ता नलिने
-
नेपाल र कतारबिच ८ वटा सम्झौता
-
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने ?