ठमेलमा अर्बौंको लगानीमा खुलेको छाया सेन्टर विवादमा
काठमाडौं– पर्यटकीय गन्तव्य ठमेलमा केही समयअघि सञ्चालनमा ल्याइएको छाया सेन्टर विवादमा तानिएको छ । साढे पाँच अर्बभन्दा बढी लगानीमा निर्माण भएको सेन्टरका विषयमा स्थानीयहरुले विरोध गर्न थालेपछि विवादमा तानिएको हो ।
गएको पुष १० गतेदेखि सञ्चालनमा आएको यो सेन्टरमा करिब ३० जना नेपालीको लगानी रहेको छ । छाया सेन्टरलाई केही स्थानीयले आक्रमणको निशाना बनाएर बिरोध गर्न थालेपछि सञ्चालकले मंगलबार पत्रकार सम्मेलन गरि धारणा स्पष्ट परेको छ ।
ठमेल भित्रको ठमेलका रुपमा आएको ठुलो योजनामा केही व्यक्तिको स्वार्थले अहिले गलत प्रचारलाई तिब्र बनाउँदै आक्रमण गरिरहेको सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले बताए । सरकारी निकायबाट पुरा गर्नुपर्ने सबै प्रकृया सकेर निर्माण गरिएको छाँया सेन्टरलाई एकाएक किन आक्रमण गरिँदैछ आफुहरुले बुझ्न नसकेको पनि श्रेष्ठले बताए ।
पर्यटकीय व्यवसायिक गन्तव्यका रुपमा छायाँ सेन्टर सञ्चालनमा ल्याइएको व्यवस्थापन समुहले बताउँदै आएको छ । यस कम्प्लेक्समा स्टार स्तरको होटलसहित तीनवटा मल्टिप्लेक्स थिएटर रहेका छन् ।
साथै यस सेन्टरमा विभिन्न सामाग्रीका पसल, एयरलाइन्सका शाखा कार्यालय, ट्राभल एजेन्सी, ब्याङक्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट, क्लबलगायतका सुविधाहरु उपलब्ध रहेका छन् । विभिन्न बैंकका कर्पोरेट शाखा कम्पनीहरुका कर्पोरेट कार्यालयहरु छायाँ सेन्टरमा खुल्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी