यही सरकारले पश्चिम सेती निर्माण गर्छ : प्रधानमन्त्री ओली
अमरगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम सेती जलविद्युत् आयोजना यसै सरकारको पालामा निर्माण हुने बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरण स्याउले १३२/३३/१२१ केभी सबस्टेशन उद्घाटन गर्न डडेल्धुरा अमरगढी नगरपालिका–१ दूधकाँडेमा पुगेका प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशमा विधुतीकरण, सडक यातायात, शिक्षा बेरोजगारजस्ता समस्या समाधान गर्ने बताए ।
डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न जिल्ला भारतसँग जोडिएका क्षेत्रमा पक्की पुल हुने ठाउँमा पक्की पुल बनाउने, सम्भावना भएका ठाउँमा झोलुङ्गे पुल र पक्की तथा झोलुङ्गे पुलको सम्भावना नभएका स्थानमा तुइन विस्थापित गर्दै केबुलकार सञ्चालन गरिने प्रधानमन्त्री ओलीले बताए ।
उनले भने, ‘सरकारले बेरोजगारिताको अभियानका लगि केही भत्ता दिनेजस्ता काम गरिरहेका छौँ ।’
सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा निर्माणमन्त्री रघुवीर महासेठ, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधर विकासमन्त्री पठानसिंह बोहरा र नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तामा एसएसबीका सुरक्षाकर्मी छिरेकोबारे आवश्यक कदम चालिन्छ : प्रवक्ता पोखरेल
-
संविधान संशोधन गरेर जिससलाई अधिकार सम्पन्न बनाउन माग
-
चितवन राइनोजद्वारा कुशल मल्लसहित सात खेलाडी रिटेन
-
सिंहदरबारभित्रै गुणस्तरहीन वस्तु बिक्री, केन्द्रीय क्यान्टिनलाई २ लाख जरिवाना
-
९ करोड कमाउँदै ‘लालीबजार’ छैटौँ सातामा, ‘रोल नं १’ तेस्रो सातामा प्रवेश
-
सरकारका गतिविधिहरू ‘छलकपटपूर्ण’ : झाँक्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण