शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलात्कारपछि ११ वर्षीया बालिकाको हत्या, (हाम्ली डन) प्रहरी फन्दामा

मङ्गलबार, ०७ फागुन २०७५, १८ : ०९
मङ्गलबार, ०७ फागुन २०७५

धनुषा । जबरजस्ती करणी पश्‍चात् बालिकाको हत्या गरी जलाउने अभियुक्त धनुषा बटेश्वर–४ बैगाली टोल बस्ने निरन भन्ने निरज जर्घा मगर (हाम्ली डन) लाई प्रहरीले सोमबार पक्राउ गरेको छ । 

धनुषा मिथिला नगरपालिका–३ हरिहरपुर मगर टोलस्थित उखुबारीमा सोही ठाउँ बस्ने बोल्न नसक्ने ११ वर्षीया रेश्मा भन्ने दुतिया रसाइलीको जलेको शव फागुन २ गते बिहान फेला परेको घटनाको अनुसन्धानको क्रममा अभियुक्त जर्घा मगरको संलग्नता खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

सोही ठाउँस्थित विवाह भोजमा फागुन १ गते साँझ पुगेकी बालिकाको भोलिपल्ट शव फेला परेपछि तत्कालै २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, संघीय प्रहरी र्कायालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले सुक्ष्म अनुसन्धान गरी खोजी गर्ने क्रममा लुकिछिपी भारततर्फ भाग्न लागेको अवस्थामा धनुषा बिदेह नगरपालिका–२ दुहबी टोलबाट अभियुक्त जर्घा मगरलाई पक्राउ गर्न सफल भएको हो ।   

उक्त विवाह भोजमा नाचगान गर्ने क्रममा बिजुलीको लाइन काटिएको मौकामा जर्घा मगरले बालिकालाई फकाउन पसलबाट चाउचाउ र फ्रुटी किनिदिएर उखुबारीमा लगी जबरजस्ती करणी गरे पश्‍चात् घाँटी थिचेर हत्या गरी शवमाथि उखुको पात, बालिकाको कपडा र चप्पल राखेर आगो लगाएको अनुसन्धानबाट खुल्न आएको छ । 

त्यसपछि पुनः विवाह घरमा नाचगान हेर्न गई मामाघरमा सुतेका मगर भोलिपल्ट घटनास्थल हेर्न गएको र तत्पश्‍चात गाँउबाट भागेका थिए । अभियुक्त मगर यसअघि विभिन्न अपराधिक घटनामा सजाय भुक्तान गरी सकेको समेत बुझिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

निजलाई जबरजस्ती करणी गरी कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप