बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘खाग’को रिभ्यु लेख्नेलाई दश हजार

मङ्गलबार, ०७ फागुन २०७५, १७ : ३२
मङ्गलबार, ०७ फागुन २०७५

काठमाडौं– मौलिक कथामा फिल्म निर्माण गर्दै आएका निर्देशक मनोज पण्डितले फिल्म ‘खाग’ बनाएका छन् । राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा गैंडा संरक्षणका लागि भएको प्रयासको कथा बुनिएको छ ।

कमलजंग कुँवर लिखित ‘गैंडालाई चार वर्ष’ पुस्तकमाथि निर्माण भएको फिल्ममा प्रविण खतिवडा, निर्देशक पण्डित, पुस्कर गुरुङ, अशान्त शर्माको अभिनय छ ।  फागुन २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मले एउटा व्यक्तिको संघर्षको कथा भन्ने निर्देशक पण्डितले बताए ।

ट्रेलर रिलिज कार्यक्रममा फिल्मसँग सहकार्य गरेको इसेवाले ‘रिभ्यू कन्टेस्ट’ पनि घोषणा गरेको छ । प्रदर्शनको दिन फागुन २४ गतेदेखि २७ गतेसम्म फिल्मको रिभ्यू लेखेर पठाउने मध्येबाट प्रथमलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रोलाई २५ सय प्रदान गरिनेछ ।

फिल्म प्रमिला कुँवरले निर्माण गरेकी हुन् । ट्रेलर रिलिज कार्यक्रममा फस्टलुक पोस्टर पनि सार्वजनिक गरिएको थियो ।  दीपक बज्रचार्यको छायाँकन रहेको फिल्मलाई पदम तिमल्सिनाले सम्पादन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप