शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लागुुऔषधसहित दुुई भारतीय पक्राउ

मङ्गलबार, ०७ फागुन २०७५, १७ : २४
मङ्गलबार, ०७ फागुन २०७५

रौतहट । रौतहट प्रहरीले मोटरसाइकल चेकजाँचको क्रममा विभिन्न खाले प्रतिबन्धित लागुुऔषध सहित दुुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय गौरबाट प्रहरी सहायक निरीक्षक बबलुुकान्त झाको कमाण्डमा सादा पोशाकमा गएको टोलीले कटहरिया नगरपालिका १ भसेढवबाट लागुुऔषध सहित भारत बिहार पुुर्वीचम्पारण जिल्ला घोडाशहन थाना क्षेत्र अन्तरर्गत बकुुलिया ५ का महमद कलिमुलाह र सोहीठाँउका महमद हैदरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रमुख डिएसपी महेन्द्र मरासिनीले बताए ।

उनीहरुको साथबाट प्रतिबन्धित लागुुऔषध फेनारगन ईन्जेक्शन २०० एमपुल,डाईजेल्याव२००एम्पुल,नर्फिन२००एम्पुल र नाईटेभेट १५००टेबलेट बरामद भएको डिएसपी मरासिनीले बताए ।

दुुबैजना भारतिय नागरिकले सिमावर्ती भारतिय बजार घोडाशहन बाट मोटरसाईकलमा बिभिन्न खाले लागुुऔषध रौतहट ल्याईरहेको सुुचनाको आधारमा प्रहरी सहायक निरिक्षक झाको कमाण्डमा गएको टोलीले उनीहरुले प्रयोग गरेको बिआर०६ए ६५८० नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गरेको थियो ।

सो क्रममा मोटरसाईकलमा पछाडी बसेका हैदरले बोकेको झोलामा प्रतिबन्धित ईन्जेक्शन ६०० एम्पुल र मोटरसाईकलको सिटमुनी १५०० टेबलेट बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुुबैजना माथि लागुुऔषध सम्बन्धी मुद्धा दर्ता गरी अनुुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप