मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन संचालन कार्यतालिकाको व्यवस्था गर्न आयोगको आग्रह

मङ्गलबार, ०७ फागुन २०७५, १७ : १४
मङ्गलबार, ०७ फागुन २०७५

काठमाडौं–निर्वाचन आयोगले निर्वाचन संचालन कार्यतालिकाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आवधिक निर्वाचनलाई अझै स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन संचालन कार्यतालिकाको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका हुन् । 

उनले निर्वाचन सम्पन्न गराउने कामलाई अझै व्यवस्थित बनाउने गरी निर्वाचनको लागि आवश्यक कानुन, ऐन र प्रविधिमा सुधार ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए । 

तेस्रो निर्वाचन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विदेशमा रहेका मतदाताहरुलाई मतदान गर्ने उचित व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । 

निर्वाचन आयोगले २०१५ साल फागुन ७ गते नेपालमा पहिलो पटक आम निर्वाचन भएको दिनको स्मरण गर्दै विगत ३ वर्षयता निर्वाचन दिवस कार्यक्रम आयोजना गर्दै आएको छ ।

 कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप