शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गज्जबको कुराः मौरीको विषले एचआइभी र क्यान्सरको उपचार हुन सक्ने !

मङ्गलबार, ०७ फागुन २०७५, ०९ : ३२
मङ्गलबार, ०७ फागुन २०७५

खुकुरीको चोट अचानोलाई थाहा हुन्छ, यो नेपाली उखान हो । यो उखानले भने जस्तै मौरीको टोकाइको पीडा त्यसले टोकेको मानिसलाई मात्रै थाहा हुन्छ । मौरीले टोकेपछि, अझ भनौं चिलेपछि हामीलाई असह्य पीडा हुन्छ, टोकेको वरिपरि भाग सुन्निएर आउँछ । कैंयन दिनसम्म जीवन अत्यन्तै कष्टकर हुन्छ ।

मौरीले टोकेपछि सुन्निनु, अत्यन्तै पीडा हुनुको खास कारण चाहिँ मौरीको टोकाइपछि हाम्रो शरीरमा प्रवेश गर्ने विष नै हो । नामै त  विष, त्यसमाथि त्यसले दिने पीडा र सुन्नाइ, हामीमध्ये कोही पनि मौरीको विषको नामै लिन पनि चाहन्नौं होला ।

तर सिक्काको अर्को पाटो पनि छ । विषभन्दैमा त्यो कामै नलाग्ने चाहिँ कदापि हुँदैन । त्यो माथि महजस्तो स्वादिलो, पोषिलो खानेकुरा दिने गुनिलो जीवन मौरीको । हो, मौरीको विष पनि मानिसका लागि अत्यन्तै काम लाग्ने हुन सक्छ ।

यो कुनै हावादारी गफ वा दावी होइन । यो दावी हो वैज्ञानिकहरुको । उनीहरुले पत्ता लगाएका छन्– मौरीको विष एचआईभी र क्यान्सर जस्ता अत्यन्तै भयंकर, डरलाग्दा रोगको उपचारमा प्रभावकारी हुन सक्छ ।

en.wikipedia.org

मौरीको विषमा पाइने विषालु तत्त्व मिलेटिन (Melittin) ले एचआइभीको भाइरसलाई नष्ट पारिदिन सक्छ, त्यो पनि शरीरका स्वस्थ कोषहरुलाई कुनै क्षति नपुर्‍याइकनै । लामो समयको अनुसन्धानपछि मिलेटिनमा एचआइभी र अन्य भाइरसलाई नष्ट गर्ने खुबी रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

हो, मौरीको विषमा पाइने विषालु तत्त्व मिलेटिन (Melittin) ले एचआइभीको भाइरसलाई नष्ट पारिदिन सक्छ, त्यो पनि शरीरका स्वस्थ कोषहरुलाई कुनै क्षति नपुर्‍याइकनै । लामो समयको अनुसन्धानपछि मिलेटिनमा एचआइभी र अन्य भाइरसलाई नष्ट गर्ने खुबी रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

खासमा, एचआइभीले आफ्नो वरिपरि एउटा बलियो सुरक्षा कवज बनाएर बसेको हुन्छ । त्यो सुरक्षा कवचले एचआइबीलाई जोगाउने काम गरिरहेको हुन्छ । रमाइलो के छ भने मौरीको विषमा पाइने त्यो विषालु तत्त्व मिलेटिनले चाहिँ एचआइभीको भाइरसलाई रक्षा गरेर बसिरहेको त्यो बाहिरी सुरक्षा कवजमा नै प्वाल पारिदिन्छ र भित्र छिरेर त्यसलाई ध्वस्त बनाइदिने गर्छ । यो मिलेटिनको मात्रा पर्याप्त हुने हो भने त्यसले एचआइभीको कोषलाई मनग्गे क्षति पुर्याउन सक्छ ।

यो कुराको अध्ययन गर्न अनुसन्धानकर्ताहरुले मिलेटिन विषलाई भाइरससम्म पुर्याउन मिलेटिन घोलिएको विशेष खालका सुक्ष्म कणहरु (special nanoparticles) प्रयोग गरेर हेरे । विष बोकेका ती सुक्ष्मकणहरु स्वस्थ कोषहरुलाई केही बिगार नगर्ने तर एचआइभीका कोषहरुलाई चाहिँ आक्रमण गर्ने गरी बनाइएका थिए । ती सुक्ष्म कणहरुमा विशेष खालका बम्परहरु डिजाइन गरिएका थिए, जसको काम मिलेटिनलाई सुरक्षा प्रदान गर्ने हुन्थ्यो । त्यस वम्परले सामान्य अवस्थाका कोषहरुमा चाहिँ ठोक्किएर तिनलाई कुनै क्षति नपुर्याइकनै फर्कने तर सामान्यभन्दा सानाखालका कोषहरुमाथि चाहिँ जाइलाग्ने गर्थे । एचआइभीको कोष सामान्य कोषभन्दा सानो हुने भएकोले त्यसलाई उक्त किसिमले डिजाइन गरिएको थियो ।

त्यसरी मौरीको विष बोकेको सुक्ष्मकणहरुले एचआइभीलाई भेट्याएपछि चाहिँ बम्परहरुको बीचबाट चिप्लिँदै गएर त्यसको कोषमाथि रहेको सुरक्षा कवचसँग घुलमिल हुन पुग्थ्यो, त्यसमा प्वाल पारिदिन्थ्यो र अन्ततः भाइरसको कोषलाई नै नष्ट पारिदिन्थ्यो ।मौरीको विषको मद्दतले आक्रमण गरिदिन्थ्यो ।

ख्याल गर्नुपर्ने कुरा के छ भने, अहिलेसम्म बनेको अधिकांश एचआइभीप्रतिरोधी औषधीहरुले मुख्यतः एआइभीको फैलिन सक्ने क्षमतालाई कमजोर पार्ने अथवा त्यसलाई फैलिनबाट रोक्ने कुरामा बढी केन्द्रीत छ । त्यसबाहेक, अहिलेसम्मका एचआइभीप्रतिरोधी औषधीहरुले प्रारम्भिक अवस्थाका एचआइभीलाई पहिचान गर्न र त्यसलाई रोकथाम गर्न सक्दैन । औषधीहरुको यो कमजोरीको फाइदा उठाउँदै एचआइभीले त्यस वातावरणको अनुकूलतामा आफूलाई ढाल्छ र व्यापक रुपमा फैलिने कोशिश गर्छ ।

मिलेटिनले चाहिँ एचआइभीको भित्री संरचनामा आक्रमण गर्छ र त्यो संक्रमण फैलिनभुन्दा पहिल्यै त्यसलाई मारिदिन्छ ।

images.theconversation.com

मिलेटिनको एचआइभीप्रतिरोधी यो विशिष्ट गुणका कारण वैज्ञानिकहरु एचआइभीको भयानक संक्रमणको व्यापक फैलिने दरलाई रोक्न र घटाउन योनीमा प्रयोग गर्न मिल्ने जेल बनाउन सकिन्छ कि भन्नेतर्फ अध्ययन गरिरहेका छन् । साथसाथै, औषधीलाई प्रतिरोध गर्ने खालका एचआइभीका विरुद्ध पनि यस मिलेटिनबाट उपचार गर्न सकिन्छ कि भन्ने खोज पनि भइरहेको छ ।

थुप्रै भाइरसहरुले आफ्नो सुरक्षाको लागि दुई तहको कवच निर्माण गरेको हुन्छ । मिलेटिनले एचआइभीको त्यो दुई तहको सुरक्षा कवचलाई ध्वस्त पारिदिन्छ । ठीक यस्तै खालको दुई तहवाला सुरक्षा कवच हेपाटाइटिस बी र हेपाटाइटीस सीको भाइरसको पनि हुन्छ । मौरीको विषमा पाइने मिलेटिन त्यस्ता भाइरसका विरुद्ध पनि प्रभावकारी हुन सक्ने अनुमान वैज्ञानिकहरुले गरेका छन् र त्यो दिशातर्फ पनि अनुसन्धानलाई केन्द्रीत गरेका छन् ।

मिलेटिनको एचआइभीप्रतिरोधी यो विशिष्ट गुणका कारण वैज्ञानिकहरु एचआइभीको भयानक संक्रमणको व्यापक फैलिने दरलाई रोक्न र घटाउन योनीमा प्रयोग गर्न मिल्ने जेल बनाउन सकिन्छ कि भन्नेतर्फ अध्ययन गरिरहेका छन् । साथसाथै, औषधीलाई प्रतिरोध गर्ने खालका एचआइभीका विरुद्ध पनि यस मिलेटिनबाट उपचार गर्न सकिन्छ कि भन्ने खोज पनि भइरहेको छ । विशेषतः यस्ता औषधीलाई सोझै नसाको माध्यमबाट दिने र रगतमा भएका एचआइभीको संक्रमणलाई नष्ट गर्ने सम्भावनाको बारेमा पनि वैज्ञानिकहरुले अध्ययन अनुसन्धान गरिरहेका छन् ।

क्यान्सरका विरुद्ध पनि प्रभावकारी

मिलेटिन एचआइभी संक्रमणमात्रै हैन, क्यान्सरका कोषहरु मार्न पनि प्रभावकारी हुने अध्ययनहरुले देखाएको छ । मिलेटिने बिरामीलाई कुनै नोक्सानी नपुर्याकनै क्यान्सरका कोषहरुलाई फैलिनबाट रोक्ने कुरामा पनि प्रभावकारी देखिएको छ । अनुसन्धानकर्ताहरुले प्रयोगशालामा स्तन क्यान्सर तथा छालाको क्यान्सरको कोषहरुको उपचारमा मौरीको विषको प्रयोग गरेर हेरेका थिए । विरामीको प्रतिरक्षा प्रणाली (immune system)   मा अदृश्य रुपमा घुलमिल भएर बसेको त्यो मिलेटिन बोकेका सुक्ष्म कणहरुलाई सोझै क्यान्सरको कोषसम्म पुग्दा त्यसले शरीरका स्वस्थ कोषिकाहरुलाई कुनै क्षति नपुर्याइकनै क्यान्सरका कोषहरुलाई चाहिँ फैलिनबाट रोक्ने कुरामा प्रभावकारी रहेको देखिएके थियो ।

विरामीको प्रतिरक्षा प्रणाली मा अदृश्य रुपमा घुलमिल भएर बसेको त्यो मिलेटिन बोकेका सुक्ष्म कणहरुलाई सोझै क्यान्सरको कोषसम्म पुग्दा त्यसले शरीरका स्वस्थ कोषिकाहरुलाई कुनै क्षति नपुर्‍याइकनै क्यान्सरका कोषहरुलाई चाहिँ फैलिनबाट रोक्ने कुरामा प्रभावकारी रहेको देखिएको थियो ।

प्रतिरक्षाप्रणालीको विरामीमा मिलेटिनको उपयोग

हाम्रो शरीरमा हुने प्रतिक्षा प्रणालीको मुख्य काम रोगका किटाणुहरुलाई मारेर शरीरको रक्षा गर्नु हो । तर कहिलेकाहीँ शरीरको त्यही प्रतिरक्षा प्रणाली पनि हाम्रो शत्रु बन्न पुग्छ । खासगरी, त्यसमा आउने गडबढीका कारण शरीरको प्रतिरक्षा प्रणालीले आफूले रक्षा गर्नुपर्ने शरीरका अंगहरुलाई नै पनि शत्रुको रुपमा चिन्न र त्यसलाई नष्ट गर्ने प्रक्रियामा आफूलाई सक्रिय गराउँछ । शरीरको प्रतिरक्षा प्रणाली चाहिनेभन्दा बढी मात्रामा सक्रिय हुने तथा त्यस खालका गडबढीमा पनि ममौरीको विषमा पाइने त्यो मिलेटिनले हामीलाई बचाउन भूमिका खेल्ने कुरा अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् । यसले त्यसखालको समस्याहरुको उपचारमा नयाँ विकल्प र सम्भावनाको ढोका पनि खोलिदिएको छ ।

यति पढिसकेपछि के भन्नुहुन्छ ? मौरी आफैंमा गज्जबको जीव, मेहनती, गुणकारी जीव, त्यो माथि थप त्यसको विष नै पनि मानिसका लागि बरदान नै बन्न सक्ने रहेछ ! छैन त गज्जबकै कुरा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप