काश्मिर हमलापछि पाकिस्तानले संयुक्त राष्ट्रलाई गुहार्यो : भारतलाई रोक्नुहोस्
पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेसीले सोमबार आफूले संयुक्त राष्ट्रलाई पत्र लेखेको जानकारी दिएका छन् । उक्त पत्रमा आफूले संयुक्त राष्ट्रका महासचिवलाई भारत–पाकिस्तानबीच अहिलेको तनावलाई कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिदिन आग्रह गरेका छन् ।
पाकिस्तानको टक शो एरी न्यूजसँगको कुराकानीमा कुरेसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो चुनावमा प्रयोग गर्नसक्ने ‘नकारात्मक रणनीति’बारे पनि पत्रमार्फत ध्यानाकर्षण गराएको जानकारी दिए ।
उनले पत्रमार्फत् महासचिवलाई भारतले पाकिस्तानमाथि गर्नसक्ने आक्रमण र त्यसका सम्भावित नतिजाबारे पनि सचेत गराइएको बताए ।
साथै, विदेशमन्त्री कुरेसीले पुलवामा आक्रमणमा पाकिस्तानको संलग्नताको ‘कारवाही योग्य प्रमाण’ प्रस्तुत गर्न भनेको छ । उनले भने, ‘यदि भारतसँग त्यस्तो कुनै प्रमाण छ भने पाकिस्तानले इमान्दारीतापूर्वक छानबीन गर्ने बचन दिन चाहन्छौं ।’
फेब्रुअरी १४ तारिखमा भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजमाथि गरिएको आत्मघाती हमलापछि भारत–पाकिस्तानको सम्बन्धमा पुनः चिसिएको छ ।
उक्त आक्रमणमा ४० बढी सैनिकको मृत्यु भएको छ । घटनाको जिम्मेवारी जैस–ए–मोहम्मदले लिएको छ ।
याे पनि....
काश्मिरमा आज फेरि मारिए मेजरसहित चार भारतीय सैनिक
पादरी बन्ने सपना देखेका काश्मिर हमलाकर्तालाई स्कूलबाट फर्कने बेला सेनाले कुटेका थिएः अभिभावकको दाबी
काश्मिर हमलामा मारिएका सैनिकका सन्तानलाई मुकेश–निता अम्बानीले शिक्षा, रोजगारी दिने
काश्मिर आक्रमणबारे टिप्पणी गर्दा ‘द कपिल शर्मा शो’ बाट सिद्धु आउट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा