बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डर्टमन्ड बराबरीमा रोकिँदा म्युनिखलाई फाइदा

मङ्गलबार, ०७ फागुन २०७५, ०९ : १०
मङ्गलबार, ०७ फागुन २०७५

एजेन्सी - जर्मन बुन्डेस लिगको शीर्ष स्थानमा रहेकाे बोरुसिया डर्टमन्ड रेलिगेसनको मारमा रहेको कमजोर टिम नर्नबर्गसँग गोलरहित बराबरीमा रोकिएको छ ।

नर्नबर्गको घरेलु मैदानमा सोमबार राति भएको खेलमा डर्टमन्डले लगातार गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न नसक्दा बराबरीमा राेकिएकाे हाे । बराबरी खेलले डर्टमन्डलाई पछ्याई रहेको साविक विजेता बायर्न म्युनिखलाई फाइदा पुगेको छ ।

बराबरीसँगै डर्टमन्डले २२ खेलबाट ५१ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको बायर्न म्युनिखको समान खेलबाट ४८ अंक पुगेको छ । तेस्रो स्थानमा बोरुसिया मोन्चेनग्लाडबाचको ४३ अंक छ । डर्टमन्डलाई रोकेको नर्नबर्ग १३ अंकसहित तालिकाको अन्तिममा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप