शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घरेलु मैदानमा चेल्सी पराजित

मङ्गलबार, ०७ फागुन २०७५, ०८ : ५२
मङ्गलबार, ०७ फागुन २०७५

एजेन्सी - बलियो प्रतिद्वन्द्वी चेल्सीलाई उसैको मैदानमा हराउँदै म्यानजेस्टर युनाइटेड एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा चेल्सी २–० गोलअन्तरले पारजित भएकाे हाे । खेलमा युनाइटेडले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

युनाइटेडको जितमा पउल पोग्बाले सानदार प्रदर्शन गरे । ३१ औं मिनेटमा एन्डर हेरेराले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । एन्डरले पोग्बाको पासमा गोल गरेका थिए । ४५ औं मिनेटमा पोग्वाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । पोग्वाले मार्कस रासफोर्डको क्रस बलमा उत्कृष्ट हेड गोल गरेका थिए ।

चेल्सीले दोस्रो हाफमा लगातार गोल फर्काउने मौका पाए पनि सफल बन्न सकेन । चेल्सीका स्टार खेलाडी इडेन हाजार्ड र गोन्जालो हिगुआइनले गोल गर्न नसक्दा प्रशिक्षक मौरिजियो सारीमाथि दवाव थपिएको छ । पछिल्लो समय खराव नतिजाबाट गुज्रिएको चेल्सीले १० खेलमा पाँच हार खेपेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप