शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको राशिफल

मङ्गलबार, ०७ फागुन २०७५, ०६ : १३
मङ्गलबार, ०७ फागुन २०७५

काठमाडाैं - वि.सं.२०७५ साल फाल्गुन ०७ गते । मंंगलबार । ईश्वी सन् २०१९ फेब्रुवरी १९ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ शुक्ल पक्ष । तिथि पूर्णिमा,३७ घडी ५२ पला,बेलुकी ०९ बजेर ४९ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र अश्लेषा,१० घडी ४८ पला,बिहान ११ बजेर ०० मिनेट उप्रान्त मघा । योग शोभन,१३ घडि २२ पला,दिउँसो १२ बजेर ०१ मिनेट उप्रान्त अतिगण्ड । करण भद्रा,बिहान ११ बजेर ०१ मिनेट उप्रान्त बव,बेलुकी ०९ बजेर ४९ मिनेट उप्रान्त वालव । आनन्दादिमा आनन्द योग । चन्द्रराशि कर्कट,बिहान ११ बजेर ०० मिनेट उप्रान्त सिंह ।  पूर्णिमा व्रत। श्रीस्वस्थानी व्रत समाप्ति। माघस्नान समाप्ति। सिपुन्ही। माघयात्रा। झापामा कीचकवध मेला। राष्ट्रिय प्रजातन्त्र दिवस। 

काठमाडौंमा सूर्योदय ०६ बजेर ४० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५६ मिनेट । दिनमान २८ घडी १० पला । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिगतका गल्ति तथा कमि कमजोरिहरुलाई सच्याउदै परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरवर्गहरुको ईज्जत राख्न सकिने समय रहेकोछ भने शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । आकस्मिक धन तथा सम्पति हात लागि हुनेछ भने आफुले मन पराएको मानिसबाट उपहार प्राप्त हुनेछ । व्यापारमा लगानि बढाउदै आम्दानिमा बृद्धि गर्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा आमा सँग टाडिएर यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ ।  

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको जनताको काम गर्न सक्दामात्र मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानमा उपलब्धिमुलक नतिजा नआएपनि आगामि दिनहरुमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिस सँग टाडिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । बिद्यार्थीको लागि पढ्ने लेख्ने वाताबरण बनेर आउनेछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बादबिवाद तथा मुद्दा मामिलामा सहभागि नहुनुहोला नकरात्मक नतिजा आउनेछ । सकसपुर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोष जनक प्रगति हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा काम गर्न असजिलो महशुष हुनेछ । बिद्यामा सफलता पाउन कडा मेहनेत गर्नु पर्नेछ । दाजुभाई तथा छिमेकि सँग मनमुटाव बड्नेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा समय दिय पनि भनेजस्तो नतिजा नआउने हुदा मन खिन्न हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसाय फस्टाएर जानेछ भने होटल तथा रेष्टुरामा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आत्मिय मित्र तथा साभिभाईहरुको सहयोगले सकारात्मक कामहरु गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनालेनतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबित बिश्वासको बाताबरण बढ्नेछ ।  बोलिको प्रभाव बढ्ने हुनालेबोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ ।   

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो संघर्ष पछि मात्र उपलब्धि हात लाग्ने समय रहेकोले काम गर्दा ध्यान दिनुहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिए मात्र आम्दानि बढाउन सकिनेछ भने नया काम थालनि गर्नुभन्दा पुरानै कामलाई  निरन्तरता दिनुहोला । पढाई लेखाईमा सफलता प्राप्त गर्न निकै नै मेहनेत गर्नु पर्नेछ । माया प्रेममा नजिक भएपनि आत्मियताको कमि महशुष हुनेछ । आफन्त तथा अग्रजहरु सँग मनमुटाब बढ्ने तथा साथिभाईले असहयोग गर्दा मनमा बेचैन पैदा हुनेछ । बिहानको समयमा यात्रा सँग सम्बन्धित कामहरु हुनेछन् । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा आउँनाले मन प्रशन्न हुनेछ । मध्यान्हबाट अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तित रहनेछ । शारिरिक कष्ट तथा आखाँमा समस्या देखिन सक्छ । मान सम्मान तथा ईज्जत प्रतिष्ठा गुम्ने खतरा रहेकोछ सजक रहनुहोला । वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यावसाय भने फस्टाएर जानेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिद्यामा सोचे अनुरुपनै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपाईको कामदेखि प्रशन्न हुनेछन् । सवारि साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । माया प्रेममा बिश्वासको वाताबरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ । व्यापार व्यावसाय बाट प्रशस्त आम्दानि हुनेछ । बिशेष गरि हाईड्रोपावर,पानि तथा औषधि सँग सम्बन्धित व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ ।
 
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले धार्मिक यात्रा तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । भाग्यले साथ दिने हुदा अध्ययन,अध्यापनमा मन जाने तथा व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । मध्यान्हबाट राज्य बाट पाउने सेवा सुबिधाबाट बञ्चित हुनु पर्नेछ । पैत्रिक स्रोत तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिुनहोला । समाजसेवामा जनताको आलोचना सहितको समर्थन पाईनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भाग्यले  साथ दिनेहुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावासायबाट मनग्गे आम्दानि हुनेछ । रमाईलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रा सँग सम्बन्धित कार्यहरु हुनेछन् । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवस्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साझेदारि व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि व्यावसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आर्थिक स्थिति उकास्न सकिनेछ । पढाईमा देखिएको कमजोरि सुधार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । आत्मिय मित्र तथा मन मिल्ने साथि फेला पार्न सकिनेछ भने माया प्रेममा प्रसस्त समय रमाउँन सकिनेछ । मध्यान्हबाट बिवाद तथा प्रतिष्पर्धामा सामेल नहुनुहोला,फैसला तपाईको पक्षमा आउँनेछैन । नोकरिमा हुने प्रतिष्पर्धामा तपाई अरुभन्दा पछि पर्नुहुनेछ । 

तपाईको दिन शुभ रहोस् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप