मध्यपहाडी लोकमार्ग छिटो निर्माण गर्न बाबुराम भट्टराईको आग्रह
गलकोट । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गले नेपालको आर्थिक विकासमा ठूलो टेवा पु¥याउने बताएका छन् ।
नयाँ शक्तिले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ अभियानअन्तर्गत आज बागलुङको निसिखोला गाउँपालिका पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले जनसंवाद सभामा स्थानीय स्तरमा हुने खेती प्रणालीलाई आधुनिक तरिकाले उत्पादन गर्न सकेमा मात्र उत्पादनलाई बजारीकरण गर्न सकिने बताए ।
संयोजक भट्टराईले राजनीतिक चेतना सुधार्नका लागि आफू जनसंवाद यात्रा लिएर आएको बताउँदै जनतामा राजनीतिक चेतना हुनु आवश्यक रहेको बताए ।
पहाडमै समृृद्धिको सम्भाव्यता अध्ययन र पहिचानका लागि गत माघ १५ गते चिवाभञ्ज्याङबाट जनसंवाद थालेका डा. भट्टराईले निर्माणाधीन अवस्थामा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको कामलाई तीव्रता दिन र गुणस्तर निर्धारण गराउन आफ्नो अभियानमा आफू हिँडेको बताए ।
आगामी फागुन १५ गते पश्चिमको झुलाघाट पुगेर सम्पन्न हुने यात्राका क्रममा लोकमार्गको सबै ठाउँमा भइरहेको कामको प्रगति निरीक्षण गरिने डा भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी ‘होमवर्क’मै छौँ, अहिल्यै सरकारमा जादैनौँ : रावल
-
प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो– ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ओमप्रकाश गुरुङलाई थुना पठाउने आदेश
-
राम्रो काम गरे पुरै कार्यकाल प्रचण्ड प्रधानमन्त्री : महासचिव पोखरेल
-
बिरामी बिदा लिने बढेपछि नियम कडा बनाउँदै बेलायती प्रधानमन्त्री