शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रोजगारमुलक तालिमले महिलालाई आत्मनिर्भर बनाउँछः शिक्षामन्त्री पोखरेल

सोमबार, ०६ फागुन २०७५, २० : १७
सोमबार, ०६ फागुन २०७५

काठमाडौं–शिक्षामन्त्री गिरीराजमणी पोखरेलले महिलाहरुलाई आत्मनिर्भर बनाउन विभिन्न खालको प्राविधिक तालिमहरुको आवश्यकता पर्ने बताएका छन् ।

ओमन फाउन्डेसन नेपालले आयोजना गरेको ६ महिने स्क्रीन प्रिन्ट तालिमको उद्घाटन गर्दै शिक्षा मन्त्री पोखरेलले महिलालाई सक्षम र आत्मनिर्भर बन्न यस्ता तालिम उपयोगी हुने बताए । यसलाई तालिममा मात्र होइन की रोजगारी सिर्जना गर्ने थलोको रुपमा विकास गर्नुपर्ने मन्त्रि पोखरेलले बताए  ।

यस्ता खालका तालिम सिटीईभीटीबाट पनि संचालन गरी विभिन्न संघ संस्थाहरुले संचालन गर्ने हो भने बेरोजगारीको समस्या समाधान हुने तर्क गरे । कार्यक्रममा बोल्दै उनले महिलाहरुलाई दिईने यस्ता तालिमले रोजगारीको बाटो खुल्ने तथा उनीहरुको आत्मविश्वास बढ्नुका साथै आत्मनिर्भर हुन प्रेरीत गर्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा बोल्दै ओमन फाउन्डेसनकी अध्यक्ष रेनु उप्रेतीले विगतदेखिनै आफ्नो संस्थाले महिलाहरुलाई आत्मनिर्भर बन्न र समाजमा उनीहरुको निर्णय क्षमतामा विकास गर्न यस्ता तालिम गर्दै आएको बताईन् । उनले महिलाहरुलाई छिटो रोजगारी मिल्ने भएकाले पनि यस्ता प्राविधिक तालिम दिने गरेको बताईन् । 

ओमन फाउन्डेसन लामो समयदेखि महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप